Comments Add Comment

आन्दोलनकारीले ढुंगा हान्दा मोटरसाइकल चालकको मृत्यु

१८ भदौ, नेपालगञ्ज । बाँकेमा आन्दोलनकारीले हानेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

शुक्रबार नेपालगन्ज-कोहलपुर सडक खण्डको पिप्रहवा चोक नजिकै अन्दोलनकारीले मोटरसाइकल चाकललाई ढुंगा हानेका थिए ।

आन्दोलनकारीले प्रहार गरेको ढुंगाले लागेर नेपालगन्जदेखि कोहलपुरतर्फ जाँदै गरेको भे ५ प नम्बरको मोटरसाइकलमा सवार बाँके नौबस्ता-२ का २२ वर्षका करण सिंहको मृत्यु भएको बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

ढुंगाले छातिमा लागेपछि करण ढलेका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि रहेका विनोद शाही घाइते भएको छन् । घाइते शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुँदैछ ।

घटनामा संलग्न रहेका गनापुर-५ का २४ वषिर्य प्रदीप गडरिया र २२ वषिर्य धमेन्द्र बर्मा लगायत ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले लगन्ज कोहलपुर क्षेत्रमा बल प्रयोग गरी आन्दोलनकारीलाई तितरवितर पारेको छ । आन्दोलन सञ्चालन समितिका प्रवक्ता पशुपतिदयाल मिश्रले शान्तिपूर्ण प्रदर्शनमा रहेको बेलामा राँझा चोकमा प्रहरीले लाठी हानेको बताए ।

ललित रौनियारलगायत दर्जनबढी घाइते बनाएका छन्। प्रहरीले गरेको लाठिचार्जबाट रौनियारको टाउकोमा चोट लागेको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्ज क्षेत्रमा फेरि लाग्यो निषधाज्ञा

नेपालगञ्जको शान्ति सुव्यवस्थाको कारण देखाउँदै स्थानीय प्रशासनले शुक्रबार राति ९ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकका अनुसार अर्को सूचना नभए सम्मका लागि उत्तरमा राँझाचोक, दक्षिणमा जमुनाह, पश्चिममा नन्दनी मिल र पूर्वमा फुलटेक्रा भित्रको चार किल्लाभित्र सभा-सम्मेलन, भेला हुन रोक लगाएको हो ।

आन्दोलनका कार्यक्रमहरुले शान्ति सुव्यवस्थामा खलल पुग्न सक्ने देखिएकोले पुनः निषधाज्ञा जारी गरीएको उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment