Comments Add Comment

द्वन्द्वकालमा विस्थापित बैंकका १५७ शाखा अझै पुन:स्थापित भएनन्

१९ भदाैं, काठमाडौं । माओवादी द्वन्द्वकालमा विस्थापित भएका सरकारी बैंकका १ सय ५७ वटा शाखाहरु अझै पुन स्थापना हुनसकेका छैनन् । द्वन्द्वकालमा विस्थापित भएका २ सय ८३ शाखामध्ये हालसम्म १ सय २६ वटा मात्र शाखा मात्र पुन स्थापित भएको राष्ट्र बैंकले जनाएको छ ।

  राष्ट्र बैंकले २०७३ असार मसान्तसम्म सबै विस्थापित शाखा  पुन: स्थापना गर्न गर्न निर्देशन नै दिइसकेको छ । केन्द्रीय बैंकले तीनवटै बैंकसँग यो वर्षभरमा शाखा पुनस्थापना गर्ने कार्ययोजनासमेत मागिसकेको छ । बैंकहरूले कार्ययोजना बुझाइसकेका छन् ।
राष्ट्र बैंकका अनुसार, २०७२ असार मसान्तसम्म कृषि विकास बैंकले ५४ वटा शाखा पुनस्र्थापित गरिसकेको छ । बैंकले अझै १३ वटा शाखा खोल्न बाँकी छ ।
राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकले भने निकै वटा शाखा खोल्न बाँकी छ । राष्ट्रिय वाणिज्य बैंकले ४७ शाखा पुनस्र्थापना गरिसकेको छ । बैंकले अझै ५० शाखा पुनस्र्थापना गर्न बाँकी छ ।  नेपाल बैंक लिमिटेडका जम्मा २६ शाखा मात्र पुनस्र्थापना भएका छन् । बैंकले अझै ९४ वटा शाखा पुनस्र्थापना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment