Comments Add Comment

११ वर्षपछि निगमको मुम्बई उडान सुरु

Nepal-Airlines-Mumbai-Flyte

१८ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको व्यापारिक शहर मुम्बईमा शुक्रबारदेखि नियमित उडान सुरु गरेको छ । निगमको एयरबस ३२० दिउँसो २ः१० बजे ५२ यात्रु लिएर मुम्बईका लागि उडेको थियो ।

निगमले सोमबार र शुक्रबार मुम्बई उडान गर्ने तालिका बनाएको छ । मुम्बईका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित एकतर्फी ११ हजार १०९ रुपैयाँ र दुईतर्फी २२ हजार ४९ रुपैयाँ निर्धारण गरेको छ ।

दुइतर्फी उडानको दुइवटा टिकट खरिद गर्ने यात्रुलाई एउटा टिकट निःशुल्क उपलब्ध गराउनेे निगमले जनाएको छ ।

Nepal-Airlines-Mumbai-Flyte 2

निगमले अहिलेभन्दा ११ वर्ष पहिलेसम्म मुम्बई नियमित उडान सञ्चालन गर्दै आएकोमा विमानको कमीका कारण त्यहाँको उडान स्थगित गरेको थियो । भारतका धार्मिक पर्यटक, उद्योगपति, व्यवसायी एवं तेस्रो मुलुकका पर्यटकहरुलाई परिलक्षित गरी मुम्वईको नियमित उडान प्रारम्भ गरिएको हो ।

यसअघि निगमले भदौ १५ गतेदेखि बैंग्लोरको नियमित उडान प्रारम्भ गरिसकेको छ । अक्टोबरपछि दुवई र ग्वाञ्जाओको उडान थाल्ने प्रक्रिया समेत निगमले थालेको छ ।

मुम्बई जाने यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका यात्रुसेवा विभागका निर्देशक किरण पन्तले बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment