Comments Add Comment

इन्टेक्स मोबाइलको बैठक थाइल्यान्डमा, नयाँ मोबाइल सार्वजनिक

Intex Mobile

१८ भदौ, काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले इन्टेक्स मोबाइलको ‘इन्टेक्स डिष्ट्रिब्युटर्स मिट’ बैंककको पतयामा सम्पन्न गरेको छ । बैठकमा इन्टेक्स मोबाइलका कर्मचारी तथा देशभरका डिष्ट्रिब्युटरहरुको सहभागीता रहेको छ ।

इन्टेक्स इन्डियासँगको सहकार्यमा बिहीबार पतयामा वाषिर्क बैठक सम्पन्न भएको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । बैठकमा इन्टेक्सका मार्केटिङ, सर्भिसिङ तथा डिष्ट्रिब्युटर गरी ६५ जनाको सहभागिता रहेको छ ।

कर्मचारी तथा डिष्ट्रिब्युटर्सहरुलाई भ्रमण गराउने उद्देश्यसशित इन्टेक्सले बैंककमा वाषिर्क बैठक आयोजना गरेको हो । बैठकमा गएको आर्थिक वर्षको इन्टेक्स मोबाइलको बिक्री समिक्षा गर्दै चालु आर्थिक वर्षका लागि नयाँ रणनीति तयार पारिएको छ ।

Intex Mobile 2

सिजीको रणनीतिक बिजनेश विभाग प्रमुख रमेश श्रेष्ठको नेतृत्वमा वाषिर्क बैठक सम्पन्न भएको हो । सोही अवसरमा उनले इन्टेक्सको नयाँ स्मार्टफोन अक्वा सेन्स ५.० सार्वजनिक गरेका छन् ।

नयाँ स्मार्टफोन ४.४.२ किटक्याट अपरेटिङ रहेको छ । यसमा ५ मेगापिक्सेल अटोफोकस क्यामेरा जडान गरिएको छ ।

बैठकमा सहभागीहरुलाई आइल्यान्ड भ्रमण गराउनुका साथै विभिन्न सांगितिक कार्यक्रममा समेत सहभागी गराउने बताइएको छ । टोली सात तारिखमा नेपाल फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment