Comments Add Comment

तेक्वान्दो स्टार मनिता राष्ट्रिय टोली छाडेर अमेरिका लागिन्

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टीमकी कप्तान समेत रहेकी तेक्वान्दो स्टार मनिता शाहीले राष्ट्रिय टिम छाडेकी छिन् ।

manita-shahiब्यक्तिगत कारणले टिम छाडेकी मनीता शुक्रबार नै अमेरिका प्रस्थान गर्दैछिन् । तेक्वान्दो राष्ट्रिय टोलीले उनलाई राष्ट्रिय तेक्वान्दो प्रशिक्षण हलमा औपचारिक रुपमा विदाइ गर्‍यो ।

विदाइ कार्यक्रममा मनीताले आफू जहाँ रहे पनि तेक्वान्दो प्रतिको समपर्णमा कमी आउन नदिने उनले बाचा गरेकी छन । उनले भनिन्, तेक्वान्दो नै मेरो जिवन बन्यो । म यसैमा रमाए । तर, ब्यक्तिगत र स्वास्थ्यका कारणले राष्ट्रिय टोली छाड्दा दुःख लागेको छ ।’

कार्यक्रममा तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुब गुरुंगले मनिताले दिलाएको योगदान महतवपूर्ण अबिस्मरणीय भएको बताएका छन् ।

बरिष्ठ तेक्वान्दो साहयक मुख्य प्रशिक्षक अजुर्न बिकले मसिनतासँग नेपाली तेक्वान्दोको साथ छुट्नु पीडादायक भए पनि उनको सुखद भविश्यको आशाले खुसी तुल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment