Comments Add Comment

पशुपतिमा विद्युतीय शवदहन सुरु

१९ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदहनगृहमा वेवारिसे शव जलाएर परीक्षण सुरु गरेको छ ।
परीक्षणबाट शवदहनगृह सफल देखिएको कोषले जनाएको नयाँ पत्रिकामा खबर छ ।

त्यसक्रममा बिहीबार एक वेवारिसे शवको दहन गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीले गत ४ साउनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाएको वेवारिसे शव परीक्षणस्वरुप दाहसंस्कार गरिएको हो ।

गृहमा जडान गरिएको यन्त्रमा बिहीबार बेलुकी र अर्को यन्त्रमा शुक्रबार शवदहन गरिएको छ । पहिलो र दोस्रो शवदहन परीक्षणबाट विद्युतीय शवदहन प्रक्रिया वातावरण मैत्री पाइएको शवदहन कार्यमा संलग्न कोषका विद्युतीय प्राविधिक नरबहादुर पुरीले बताए ।

शवदहगृहलाई असोज एकदेखि नियमित सञ्चालनमा ल्याइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment