Comments Add Comment

बन्दमा पैसा असुल्न बमआतंक

१९ भदौ, काठमाडौं । तराईमा जारी बन्दको मौका छोपी धम्की दिएर रकम असुल्ने समूहले विराटनगरमा सुतली बम आतंक मच्चाउन थालेका छन् ।

Bomबन्दकर्ताको नाम लिएर चन्दा माग्दा नदिनेलाई निशाना बनाएर धम्की दिनेहरुले शृंखलाबद्ध सुतली बम विस्फोट गराउँदै आएको रहस्य खुलेको नयाँ पत्रिकामा खबर छ ।

बम विस्फोट गराएर व्यवसायीलाई आतंकित बनाएपछि रकम असुल्न सहज हुने भएकाले सीमापारिबाट ल्याइएका शक्तिशाली पटाकालाई सुतलीले बेरेर विस्फोट गराउन थालिएको प्रहरीको दाबी छ ।

बम विस्फोटमा संलग्नको खोजी तीब्र बनाउने क्रममा पम्प सञ्चालकसँग भिन्न-भिन्न समूहले रकम मागेको तर नदिएपछि बम विस्फोट गराएर आतंकित बनाउन थालेको अप्रेसुनमा संलग्न एक प्रहरीले जानकारी दिए । यद्यपी प्रहरीले बम विस्फोट गराउने आपराधिक समूह हो वा आन्दोलनकारीमध्येकै हो खुलाउन चाहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment