Comments Add Comment

औद्योगिक क्षेत्रको ९ सय रोपनी जग्गा प्रयोगबिहीन

१९ भदौ, काठमाडौं । औद्योगिक क्षेत्रभित्रका करिब ९ सय रोपनी जग्गा उपयोगबिहीन अवस्थामा रहेको छ । विभिन्न तीनवटा औद्योगिक क्षेत्रभित्र रहेका विकसित जग्गा उपयोगबिहीन भएका हुन् ।

Kailaspati-cement-udyogराजविराजमा रहेको गजेन्द्रनारायण औद्योगिक क्षेत्रभित्रको एक सय २३ रोपनी धनकुटा औद्योगिक क्षेत्रको ६३ रोपनी र हेटौंडा औद्योगिक क्षेत्रको चार सय रोपनी जग्गा उपयोगबिहीन अवस्थामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको नयाँ पत्रिकामा खबर छ । त्यस्तै हेटौंडाको मिनी औद्योगिक क्षेत्रको दुई सय ७० रोपनी जग्गासमेत भाडामा गइसकेको छैन् ।

धनकुटा र राजविराज औद्योगिक क्षेत्रमा उद्योगी आकषिर्त हुन नसकेका कारण त्यहाँको जग्गा उपयोगबिहीन बन्न पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रवबन्धक नन्दकिशोर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment