Comments Add Comment

बाराको नरहीमा स्वाइनफ्लुको महामारी, एकको मृत्यु एकसय बढी विरामी

१९ भदौ, बारा । बाराको नरही गाविस-६ र ७ स्थित इटहर गाउँमा स्वाइनफ्लुको महामारीबाट १ सय भन्दा बढी विबरामी परेका छन् । तीनसातादेखि फैलिएको स्वाइनफ्लुले गाउँका बालबालिका, वृद्धवृद्धा, र गर्भवतीसमेत थला परेका छन् । गाउमा रहेका १ सय ७५ घरधुरीका झण्डै एक सयमा संक्रमण भएको र एउटै परिवारका ११ जनासम्म रोगले थलिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

संक्रमणले एकको मृत्यु भइसकेको बताइएको छ । घरैपिच्छे रुघाखोजकी र ज्वरोको प्रकोपा देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई खबर गर्दा राष्ट्रिय जनस्वास्थ्य कार्यालयलार्य खबर गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको मेडिकल टेक्नोलोजिष्टको टोलीले गत सोमबार रगत परीक्षण गरपछि बिरामीलाई स्वाइनफ्लु भएको पुष्टी भएको नेपाल समाचारपत्रमा खबर छ ।

१६ जनाको रगत किट र पीसीआर प्रविधिबाट जाँच गर्दा १२ जनामा स्वाइनफ्लुको संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका राष्ट्रिय इन्फ्लुएन्जा फाँट प्रमुख विष्णुप्रसाद उपाध्यायले बताए । संक्रमित पीडितहरुमा एचवान एनवान फेला परेको उपाध्ययाले बताए ।

प्रयोगशालाका मेडिकल प्राविधिक उदयकुमार यादवले रगतको नमुना परीक्षण गरी सरुवा रोग महाशाखामा पठाइसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment