Comments Add Comment

पोल्याण्डलाई हराउँदै जमर्नी शीर्ष स्थानमा उक्लियो

Bayern-Munich

१९ भदौ, काठमाडौं । पोल्याण्डलाई पराजित गर्दै जर्मनी युरो कप छनोटको समूह डीको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा विश्व विजेता जर्मनीले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो ।

जर्मनीले १२ औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । सात मिनेटपछि नै मारियो गोट्जेले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

३६ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले पोल्याण्डका लागि गोल गरे र पहिलो हाफमा जर्मनी २-१ ले अगाडि रहृयो ।
दोस्रो हाफको ८२ औं मिनेटमा गोट्जेले गोल गर्दै जर्मनीलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको जर्मनीको ७ खेलबाट १६ अंक छ । दोस्रो स्थानमा झरेको पोल्याण्डको १४ अंक छ ।
अर्को खेलमा जिब्राल्टरलाई ४-० ले पराजित गर्दै रिपब्लिक अफ आयरल्याण्ड १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment