Comments Add Comment

भेँडाले बनायो विश्व रेकर्ड, जिउबाट निस्क्यो ४० किलो ऊन

Sheep

एउटा भेँडाको जिउबाट कतिसम्म ऊन काढ्न सकिएला ? ४० किलो । सायद यस्तो उत्तर त मुर्खले मात्र देला भन्नुहोला । तर होइन । अस्टेलियामा एउटा भेँडाको जिउबाट साँच्चीकै ४० किलोभन्दा बढि ऊन निकालिएको छ ।

अस्टेलियाको राजधानी क्यानबेराको बाहिरी इलाकामा पाइएको क्रिस नामको भेडाको जिउबाट ४०.५ किलो ऊन निकालिएको हो । यो सँगै उक्त भेँडाले सबैभन्दा बढि ऊनको विश्वकिर्तिमान कायम गरेको छ । यसले न्युजिल्याण्डको श्रेक नामको भेँडाले राखेको विश्वकिर्तिमान तोडेको छ । श्रेकको जिउबाट २७ किलो ऊन निकालिएको थियो ।

क्रिस भेँडाको जिउबाट ४० किलो ऊन निकाल्न कम्ता सास्ती भएन । निकै कठीन शल्यक्रिया नै गर्नुपर्यो भेँडाको ।

Sheep1
अस्ट्रेलियाको पशु क्रुरता निवारणका लागि स्थापित रोयल सोसाइटीका अनुसार जिउमा यतिधेरै ऊन भएका कारण उक्त भेँडाको ज्यान नै जोखिममा परेको थियो । यो मेरिनो जातिको भेँडाको जिउबाट नियमित रुपमा ऊन काटिएन भने रौँ बढ्दै गएर यस्तो अवस्था आउन सक्छ । ऊनकै लागि पालिने यो भेँडाको जिउमा निकै तिव्र रुपमा भुत्ला बढ्दछ ।

जिउमा धेरै ऊन भएका कारण भेँडालाई हिँडडुल गर्नपनि समस्या भएको थियो । पछिल्लो ५ वर्षयता उक्त भेँडाको ऊन काढिएको रहेनछ ।

जटिल अप्रेशनका क्रममा उक्त भेँडाको जिउमा धेरै घाउ बनेका छन् । त्यसैले भेँडाकेा उपचार जारी छ र उसले स्वास्थ्यलाभ गरिरहेकेा छ ।

थप तस्वीर हेर्नुहोस्

Sheep2 Sheep4 Sheep5 Sheep6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment