Comments Add Comment

अमेरिकामा नयाँ रोजगारी सिर्जना भएपछि बेरोजगारी घट्यो

Economy

१९ भदौ, काठमाडौं । अमेरिकामा पछिल्लो महिना १ लाख ७३ हजार नयाँ रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले बताएको छ ।

यो अवधिमा अमेरिकामा २ लाख १२ हजार नयाँ रोजगारी सिर्जना हुने अनुमान थियो भने बेरोजगारीको दर जुलाइमा ५.३ प्रतिशत थियो ।

अगष्टमा बेरोजगारीको यो दर झरेर ५.१ प्रतिशतमा आएको छ । २००८ अप्रिलपछि बेरोजगारी पहिलोपटक न्यून स्तरमा झरेको हो ।

यतिबेला अमेरिकी शेयर बजार पनि ओरालो लागेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment