Comments Add Comment

तीन घण्टा कुद्ने, कविता सुनाउने ‘

१९ भदौ, काठमाडौं । मानिसहरुका रुची पनि अचम्मै खालका हुन्छन् । महानन्द बांङमय साहित्य प्रतिष्ठान काभ्रेका अध्यक्ष कवि लक्ष्मण सापकोटाले यस्तै अनौठो अभियान चलाउने घोषणा गरेका छन् ।

‘कवितामय मेचीकाली दौड’ नाम दिइएको अभियान अन्तरगत सापकोटा तीनमा तीन घण्टा दौडने छन् र प्रत्येक बिश्राममा कविता सुनाउने छन् । मेचीकाली दौडसँगै उनले सगरमाथा आरोहणगर्ने बताएका छन् ।

महानन्द प्रतिष्ठानको लोगोसहित शनिबारदेखि सापकोटा दौड अभियानमा निस्केका छन् । सापकोटाको यो अभियानको सुरुवात शनिबार विहान प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेती र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा गरेका छन् ।

सापकोटाको दौड प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको छ । कविता दौड सकिएपछि उनले सगरमाथाको आरोहण गर्ने बताइएको छ । सगरमाथाको चुचुरोमा पुगेर पनि उनले कविता बाचन गर्ने बताएका छन् ।

अभियानको सुरुवात गर्दै कुलपति उप्रेतीले सापकोटाको यो अभियान साहित्यिक क्षेत्रमा नयाँ काम भएको भन्दै यसमा देशका सबै कविहरुको साथ र समर्थन रहने बताए ।

क्लबका अध्यक्ष धमलाले साहित्य क्षेत्रबाट शान्ति र लोकतन्त्रकोलागि थालिएको अभियानमा सञ्चारकर्मीहरुको पूर्ण साथ समर्थन रहने भन्दै अभियानको सफलताको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment