Comments Add Comment

खोक्से खोलामा पहिरो खस्यो, मेची राजमार्ग अवरुद्ध

रविन भट्टराई
१९ भदौ, ताप्लेजुङ । शुक्रबारदेखि निरन्तर परेको पानीका कारण गएको पहिरोले मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडक खण्डको खोक्से खोला क्षेत्रमा फेरि पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
राजमार्गको ताप्लेजुङ-काबेली सडक खण्डको खोक्सेखोला नजिकै साथै अन्य विभिन्न स्थानमा साना तथा ठुला दर्जनौ पहिरो झर्दा मेचिराजमार्ग अबरुद्ध भएको हो ।

pahiro1खोक्सेखोला नजिकै सडक माथिबाट झरेको ठुलो पहिरोले करिब ३० मीटर बढि सडक पुर्दा बाटो अबरुद्ध भएको सडक डिभिजन कार्यालय ईलामका सुपरभाईजर नविन उप्रेतिले बताएका छन् । गएराति देखि निरन्तर पानी परिरहेको र पहिरो खसीरहेकाले खोक्से नजिकै खसेको पहिरो साथै अन्य स्थानको अबरुद्ध सडक पनि खुलाउन नसकिएको उप्रेतीले बताएका छन् ।
दुई दिन अघि मात्र सोही स्थानमा दश घण्टा लगाएर पन्छाईएको पहिरो गएराति पुन खसेको हो ।

कार्यकर्ता रिहाको माग गर्दै संघिय लिम्बुवान पाटि नेपालले अनिश्चितकालिन पुर्वका नौ जिल्ला बन्द आवाहान गरेकाले लामोदुरीका सवारीसाधन नचलेकाले राजमार्गका विभिन्न स्थानमा पहिरो खसे पनि यात्रु भने अलपत्र परेका छैनन् । तर मोटरसाईकल र निजि सवारीसाधनमा यात्रा गर्ने सिमित यात्रु भने पहिरोका कारण गन्तव्यमा पुग्न सकेका छैनन् भने शनिवार सदरमुकाममा लाग्ने हाटबजार आउने यात्रु तथा स्थानीय मर्कामा परेका छन् ।
ताप्लेजुङ-पाँचथर सडकखण्ड अन्तर्गत खोक्से खोला क्षेत्रमा वर्षेनि बषर्ातको समयमा पहिरो खस्ने भएपनि सडक डिभिजन कार्यालय ईलामले यस क्षेत्रमा पहिरो पन्छाउन मेसीन र जनशक्ति नखटाउँदा सानो पहिरो झर्दा समेत घण्टौँ सम्म बाटो अबरुद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment