Comments Add Comment

भैरहवामा निषेधाज्ञाको अवधी बढाइयो

सलमान खान
१९ भदौ, भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा नगरमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि थप गरेको छ । भैरहवाको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि थप गरेको हो ।
भैरहवा नगर क्षेत्रमा भदौ १८ गते साझदेखि भदौ २४ गते सम्मका लागि निषेधाज्ञा अवधी थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवामा भएको भदौ ३ गते घटनापछि प्रशासनले हाल सम्म ४ चरणमा गरी निषेधाज्ञाको अवधी बढाएको छ ।
सामाजिक सदभाव भड्कन नदिन, थप मानवीय एवं भौतिक क्षति हुन नपाओस र शान्ति सुरक्षा व्यवस्थाको वातावरण कायम राख्नका लागि थप ६ दिनका लागि निषेधाज्ञा थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

निषेधित क्षेत्रमा सभासम्मेलन, जुलुस जस्ता कार्य जबरजस्ती गर्न खोजे कानुनअनुसार कारबाही गरिने ढकालले बताए ।
प्रशासन कार्यालय रुपन्देहीले नगर क्षेत्र केन्दि्रत पुर्वमा बसन्तपुर गाविस बाईपास सडक, पश्चिममा गौतमबुद्ध बिमानस्थलदेखि पश्चिमा तर्फ रहेको घाघरा खोला पुल -बनगाई), उत्तरमा अंचलपुर स्थित रिलायन्स पेट्रोलपम्प र दक्षिणमा बेलहीया स्थित बाइपास सडकलाई निषेधित क्षेत्र तोकेको छ ।

स्थानीय प्रशासन ऐन अनुसार निषेधित क्षेत्रमा कुनैपनि संस्था समूह एवं राजनैतिक दलहरुले जुलुश निकाल्न तथा सभा सम्मेलन गर्नमा पाइदैन । पाँच जना भन्दा वढी सडक वा सार्वजनिक स्थल, पार्कमा संगै हिडडुल गर्न जम्मा भएर बस्न पनि नपाइने एनेमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment