Comments Add Comment

डा. केसीको अनसनप्रति प्रवासी नेपालीहरूको एेक्यवद्धता

विकास राज न्यौपाने 

वासिंगटन डीसी । नेपालको चिकित्सा शिक्षा र सेवामा देखिएको विकृति, विसंगति  र माफियातन्त्रको विरोधमा अनशन बस्दै आएका प्राडा गोविन्द केसीको सत्याग्रहप्रति प्रवासमा रहेका नेपाली संघ संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।

चिकित्सा क्षेत्रको विसंगतिको विरोध र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै केसी १३ दिनदेखि अनसन बस्दै अएका छन् ।

govinda kcडा. केसीले उठान गरेका मागहरु नेपाल र सर्वसाधारण नेपालीहरुको लागि अत्यन्त जायज भएको र सही अर्थमा शिक्षाजस्तो पवित्र काममा भएका बेथिति, विसंगति, व्यापारीकरण र माफियातन्त्रको अन्त्यको लागि नेपाल सरकारले यथासक्य चाँडो पहल गरी यस क्षेत्रको समस्याको निराकरण गरोस् भन्दै डा. गोविन्द केसीको मागप्रति प्रवासी नेपालीलगायत जनसम्पर्क समिति अमेरिकाले ऐक्यबद्धता जनाएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवम् पश्चिम टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले डा केसीको मागप्रति समर्थन जनाउँदै चिकित्सा क्षेत्रमा देखिएका विकृति र बेथिति अन्त्यका लागि सरकारले माथेमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

डा केसीको पाँचौँ अनशनका क्रममा सरकारले माथेमा आयोगलाई प्रतिवेदनको जिम्मा दिएको थियो । तर सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्नुको साटो थप मेडिकल कलेजहरुलाई चोर बाटोबाट सम्बन्धन दिएको थियो । तीन महिनाभन्दा बढी समय लगाएर बनाइएको माथेमा प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई तीब्र दबाब आइरहेको छ ।

माथेमा प्रतिवेदन अक्षरशः कार्यान्वयन हुनुपर्ने मागसहित डा केसी छैठौँ पटक आमरण अनशनमा छन् । उनी उधारो आश्वासनले अनशन नतोड्ने अडानमा छन् ।  डा.केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ भने उनको अधिकांश मागप्रति सरकार लचिलो बन्दै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment