Comments Add Comment

सिंगल छु डेटिङ जाने कल्पना नगर्नुस्ः कंगना

Kangana

मुम्बई । अहिले एक्लै छिन कंगना रनौत । एक्लै हुँदा रमाइलो लाग्छ उनलाई । उनको भनाई अनुसार तत्काल कसैसँग सम्बन्ध गाँस्नु छैन । किनकी अहिले उनी आफ्नो कामलाई पहिलो प्राथमिकता दिन चाहन्छिन् ।

बजारमा चलेको हल्लाको वारेमा उनी कुनै प्रतिक्रिया दिन चाहन्नन् । उनलाई थाह छ बलिउड फिल्म उद्योगमा हल्लाका ठेली यति धेरै छ । जसले जतिवेला जुन ठेली पल्टाएर हेर्न पनि सक्छ ।

कुनै वेला आदित्य पञ्चोली एवं अध्ययन सुमनसंग उनको नाम जोडिएको थियो । हालै आयोजित एक साक्षात्कार कार्यक्रममा उनले तत्काल कुनै पुरुष सम्बन्ध नरहेको प्रष्ट पारिन् ।

‘म कसैको सम्बन्धमा छैन भन्नुको अर्थ कसैले डेटिङ जाने प्रस्ताब राखोस् भन्नका लागि होईन ।’ उनले भनिन् । नायिकाहरु संग सिंगल शब्द जोडिने बित्तिकै कतिपयले डेटिङको प्रसंग जोड्ने गरेको उनलाई मन पर्दैन ।

उनी अहिले मात्रै राम्रो चरित्रमा राम्रो अभिनय गर्ने ध्याउन्नमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment