Comments Add Comment

दाङको देउखुरी दुई दिनलाई खुल्ला

निमुसंगम घर्ती
१९ भदौ, दाङ । २५ दिनदेखि बन्द रहदै आएको दाङको देउखुरी क्षेत्र दुई दिनका लागि खुलेको छ । बन्द आयोजक थरुहट/थारुवान संयुक्त संघर्ष समिति र देउखुरी उद्योग बाणिज्य संघ बिच भएको छलफलमा शनिबार र आईतबार देउखुरी क्षेत्र खुलाउने सहमति भएको हो ।

दुई दिनका लागि बिहान ५ बजेदेखि राति ८ बजे सम्म बजार, यातायात, उद्योग कलकारखानालाई सञ्चालन गर्न दिने संघर्ष समितिका संयोजक हिरालाल चौधरीले जानकारी दिए । अष्टमी र अटुवारी पर्वलाई मध्यनजर गर्दै दुई दिनको बन्द खुकुलो पारिएको चौधरीको भनाई छ । बन्द खुले सँगै देउखुरीका लमहि, भालुबाङ, सिसहनिया, गढवा लगाएतका बजारमा नागरिकहरुको भिड रहेको छ भने गाडीहरु पनि छोटो दुरीमा चलेका छन् । तर स्कुललाई भने सञ्चालन गर्न नदिने उनीहरुको चेतावनी छ ।

थरुहट स्वायक्त प्रदेशको माग गर्दै थारुहरुको जातिय संगठनले २५ दिन देखि दाङ बन्दको आहृवान गर्दै आएका छन् । तर त्यसको प्रभाव थारुहरुको बाहुल क्षेत्र देउखुरी बाहेक अन्यत्र परेको छैन् । कैलालीमा थरुहट र प्रहरी बिच हिंसात्मक झडप भएपछि दाङ पनि उच्च जोखिमको जिल्ला रहेको भन्दै स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि जिल्लाका घोराही र तुलसिपुरमा बजार र गाडि सञ्चालनमा आएका छन् ।

हुलहुज्जत, ५ जना भन्दा धेरै जमघट हुन नपाउने, नाराबाजी, सभा गर्न नपाउने भनि स्थानिय प्रशासनले सूचना जारी गरि दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि घोराही र तुलसिपुर बजार निर्बाधरुपमा सञ्चालनमा आएका हुन् । स्थानिय प्रशासनले सुरक्षा व्यवस्था कडा पारे सँगै नागरिकहरुको दैनिक सहज भएको छ । तर देउखुरी क्षेत्र भने बन्दको मारमा पर्दै आएको छ ।

सम्बोधन हैन दमन गर्‍यो

थारु आन्दोलनमा होमिएको नेताहरुले आफुहरुको माग सम्बोधन गर्नुको साटो सरकारले सेना परिचालन गरेर दवाएको बताएका छन् ।

हाम्रो अधिकार दे भनेर भनिरहेका छौ तर सरकार दंगाग्रस्त क्षेत्र घोषणा र सेना परिचालन गरेर दमन गर्दै छ संघर्ष समितिका संयोजक तेजमान चौधरीले भने । जनतालाई दुख्ख दिने मनसाय हैन चौधरीले भने, सरकारको दमनकारी भुमिकाको जवाफ बन्द खोजेका हौ ।

दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता र सेना व्यारेकमा नगए सम्म र आफुहरुको माग सम्बोधन नभए सम्म आमहडताल जारी रहने चौधरीको भनाई छ । संघिय प्रदेश बनाउदा चितवन देखि कन्चपुर सम्मको भागलाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थारुहरुको जातीय संगठनले साउन २७ गते बन्द आहृवान गर्दै आएका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment