Comments Add Comment

साफ च्याम्पियन जिताउने मकवानपुरका तीन खेलाडीलाई सम्मान

१९ भदौ, हेटौंडा । अघिल्लो शनिबार राजधानीमा सम्पन्न प्रथम यू-१९ साफ च्याम्पियनसीप प्रतियोगिताको उपाधी रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको तीन खेलाडीलाई हेटौंडामा सम्मान गरिएको हो ।

Kheladi२२ वर्ष पछि नेपाललाई उपाधी दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मकवानपुरे खेलाडीलाई नगर परिक्रमासहित बुद्ध चोकमा भव्य सम्मान गरिएको थियो । उपाधि जितेपछि पहिलो पटक गृह जिल्ला आइपुगेका खेलाडीलाई सम्मानका लागि गाडीमा राखेर नगरका विभिन्न भागको परिक्रमा गराइएको थियो ।

यू-१९ साफ च्याम्पियनसिपको उपाधी जिताएका मकवानपुरे नायक अञ्जन बिष्ट, सुनिल बल र सुसन लामालाई जिल्ला खेलकुद विकास समितिबाट सुरु भएर मेनरोड, बुद्धचोक, लोकपि्रय, मानसचोक, बसर्पाक, टिसिएन रोड, भुटनदेवी मन्दिर रोड हुँदै बुद्धचोक सम्म नगर परिक्रमा गराइएको थियो । खेलकुद विकास समिति, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, फुटबल संघलगायतका खेलकुद सम्बद्ध संघसंस्थाको संयुक्त आयोजनामा मकवानपुरका तीन फुटबल स्टार विष्ट, बल, लामा र एन्फाका लागि मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठलाई नगर परिक्रमा गराइएको हो ।

उनीहरुको सम्मानमा नगरबासीले ताली पिटेर स्वागत गरेका थिए । नगरपरिक्रम गर्दा विभिन्न स्थानमा नगरवासीले साथ दिएका थिए । नगरपरिक्रमासँगै खेलकुद विकास समिति, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, फुटबल संघ, पौडी संघ, हेटौंडा स्पोर्टस मुण्डियाल, खार्पाली सप्लार्यस, जोशी फेन्सीलगायतले बुद्ध चोकमा सम्मान गरेको थियो ।

बिष्ट, बल, लामालाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ भने प्रशिक्षक श्रेष्ठलाई पाँच हजार । खेलकुद समितिले प्रति खेलाडी ५ हजार र श्रेष्ठलाई २ हजार, जिल्ला फुटबल संघले प्रतिखेलाडी ५ हजार ,खार्पाली सप्लार्यसले प्रति खेलाडी ५ हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरेको हो । मकवानपुरे तीन नायक बिहीबार हेटौंडा आइपुगेका थिए ।

अञ्जन र सुसन प्रशिक्षक विजलयलालको प्रशिक्षणमा उत्पादन भएका हुन् । साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानबिरुद्ध चम्किएका मकवानपुरे अञ्जन र सुनिलकै प्रेरणामा नेपालले उपाधि रक्षा गरेको हो ।

सेमिफाइनलमा अफगानिस्तान जस्तो बलियो टिमलाई हराउन अञ्जनको दुई गोल र सुनिलले पि|mकिक मार्फतको एक गोलको योगदान
रहेको थियो । मकवानपुरे चम्किँदा अफगानिस्तान र भारत जस्तो बलियो टिमले नेपाल सामु घुँडा टेक्न बाध्य भयो । जसमा विष्ट, बल, लामाको प्रभावशाली प्रदर्शनले उचाइ लिएको थियो । सुनिलको अफगानिस्तान विरुद्धको उत्कृष्ट फ्री किकको हेटौंडामा सम्मान पनि भयो ।

जस स्वरुप सुनिललाई एक फेन्सी पसलले ३ हजार रुपैयाँ प्रदानसमेत गर्‍यो । कार्यक्रममा बोल्दै हेटौंडा स्कूल अफ म्यानेजमेन्टका पि्रन्सिपल पुरन बहादुर जोशीले मकवानपुरे नायकले पुर्‍याएको उचाइ सर्हानिय रहेको बताए । तीन खेलाडीले मकवानपुरको नाम राखेको जिल्लाले कहिल्यै नबिर्सिने र योगदानको कदर हुने उनको भनाइ छ ।
उमेशराज शंकर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment