Comments Add Comment

रामेछापका दुई जनामा स्वाइनफ्लु, सतर्कता अपनाउन आग्रह

१९ भदौ, काठमाडौं । एक साताअघि रामेछापको दुई विरामीमा एचवान एनवान इन्फ्लुएन्जा अर्थात स्वाइनफ्लु देखियो ।

 swine-fluज्वरोका बिरामी बढेपछि केही नमुना संकलन गरेर काठमाडौं ल्याइएको थियो । जसमध्ये दुई जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ ।

उनीहरुलाई औषधी पडाइएको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासिनीले जानकारी दिए ।

उनका अनुसार अहिले स्वाइनफ्लु देखिने सिजन नै हो । ‘अहिले सिजन नै हो । भदौ असोजमा ठाउँ-ठाउँमा देखिने गर्छ’ मरासिनीले भने ।

symptoms of Swinflue

उनका अनुसार यस्तो बेला सतर्कता अपनाउदा राम्रो हुन्छ । ‘हात नमिलाउनुस्, नमस्कार गर्नुस्’ मरासिनीले भने-‘देशभरका नेपालीले सतर्कता अपनाउँदा राम्रो हुन्छ ।’

safe way for Swinflue

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment