Comments Add Comment

नेताहरुलाई प्रचण्डको ब्रिफिङ : एमाले टसमस भएन

prachanda at peris danda (3)

१९ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले थारु र मधेसी समुदायलाई केही न केही सम्बोधन गर्ने गरी मात्र सहमति गर्न नेतृत्वलाई जिम्मवारी दिएको छ ।

चार दलको निर्णायक बैठक बस्नु अघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पदाधिकारी र पूर्व स्थायी समिति सदस्यहरुसँग छलफल गरेका थिए ।

सिंहदरवारमा भएको छलफलमा प्रचण्डले बालुवाटार बैठकबारे बि्रफिङ गरेका छन् । थारु समुदायलाई सम्बोधन गर्ने गरी केही सीमांकन मिलाउन कांग्रेस सकारात्मक भएपनि एमालेले नमानेको उनले बताए ।

प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो-कांग्रेसले विजयी गच्छदार पनि सहमत हुन्छन् भने हामी मान्छौं भनेको छ । तर, एमालेले टसमस भएको छैन ।’ प्रचण्डले सम्भव भएसम्म अहिले सम्बोधन गर्ने र बाँकी भोलि आयोगले सम्बोधन गर्न सक्छ भन्ने प्रष्ट सन्देश दिएर जानु पर्ने आफूहरुको जोड रहेको बताएका छन् ।

तर, एमालेले अहिलेको सीमांकन हेरफेर गर्न तयार नभएको प्रचण्डले नेताहरुलाई सुनाए ।

एमाओवादी कोषध्यक्ष हरिबोल गजुरेलले भने दलहरुबीच कुनै सहमति भइनसकेको अध्यक्षले ब्रिफिङ गरेको अनलाइनखबरलाई बताए । उनले कुनै पनि बेला बैठक बस्नु पर्ने भएकाले नेताहरुलाई कहि नजान र तयारी अवस्थामा सिंहदरवारमै रहन भनिएको छ ।

अर्का नेता जनार्दन शर्मा प्रभाकरले थारु, मधेसी लगायतलाई सम्बोधन हुने गरी सहमति गर्ने म्याण्डेट नेताहरुलाई दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment