Comments Add Comment

पाटनमा देखिए कलियुगका कृष्णहरु (फोटो फिचर)

krishna -1१९ भदौ, पाटन । हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णका जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै शनिवार पाटनका कलियुगका कृष्णहरु देखापरे । कृष्णको अवतार बनाएर अभिभावकले बालबालिकाहरुलाई मन्दिर दर्शन गर्न ल्याएका देखिन्थे ।

परिवारको काखमा कृष्णको अवतारमा देखिएका यी अबोध बालबालिकाहरुलाई भने न त कृष्णको बारेमा जानकार थिए न त द्वापर युगकोबारेमा ।

krishna -2कृष्णको रुपमा देखिएका अबोध बालबालिकाको हातमा बाँसुरी थियो । धर्मग्रन्थमा उल्लेख भएअनुसार द्वापरयुगका कृष्णले पनि यसैगरी बाँसुरी बोकेर बाँसुरी बजाउँदै हिँड्थे ।

द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा मध्यरात सम्म ब्रत बस्ने प्रचलन रहिआएको छ । निराहार ब्रत बस्ने अधिकांश महिलाहरु पाटन कृष्ण मन्दिरमा विहानैदेखि दर्शन गर्न आएका थिए ।

krishna -3पाटन कृष्णमन्दिरमा पूजाअर्जना गर्न आएका भक्तजनहरु मन्दिर दर्शनको लागि लामबद्ध थिए । उनीहरुमध्ये केहीको हातमा मयुरको प्वाँख देखिन्थ्यो । भगवान कृष्ण मयुरप्रेमी भएकोले होला कृष्ण भक्तहरु प्नि मयुरका प्वाँख बोकेका थिए । कृष्ण मन्दिरमा पूजाअर्जना गर्न जम्मा भएका भक्तहरुकाबीच राष्ट्रपति डा. रामवरण यादव पनि मन्दिर दर्शन गर्न पुगेका थिए ।

मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।

krishna-radha-4बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग गरेको प्रेमप्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् (झुलनोत्सव)का रुपमा पनि मनाउने गरिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ ।

krishna-radha-5कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेको धार्मिक विश्वास रहिआएको छ । पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिरका साथै देशैभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको भिड लागेको छ ।

srikrishna-patan 10तस्बीरः विकाश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment