Comments Add Comment

डा. केसीले मागे अख्तियार प्रमुख र त्रिवि उपकुलपतिको राजीनामा

Dr-Govinda-Kc

१९ भदौ, काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच जारी वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

डा. केसीले राजनीतिक भागवण्डाका आधारमा भएका नियक्ती खारेजको माग गरेका छन् । वार्तामा सहभागी एक सदस्यका अनुसार डा. केसीले शिक्षामन्त्री चित्रलेखा यादव, अख्तियार प्रमुख लोकमान सिंह कार्की र त्रिवि उपकुलपति तिर्थ खनियाँको राजीनामा मागेका छन् ।

सम्बन्धनबारे पनि सहमति हुन सकेको छैन । ‘अनौपचारिक छलफल चलिरहेको छ’ वार्तामा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने-‘सम्वन्धनबारे सहमति हुन सकेको छैन ।’

डा. केसीको अघिल्लो अनसनका क्रममा सरकारले विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्ने प्रतिवद्धता जनाएको थियो ।

तर, हालै मात्र भागवण्डाका आधारमा खनियाँलाई त्रिवि उपकुलपति नियुक्ति गरिएको थियो ।

प्रा. डा. केसीले अघि सारेका अन्य मागबारे भने सरकार सकारात्मक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment