Comments Add Comment

फिल्म समिक्षाः हेर्ने हो ‘वेलकम ब्याक’ ?

Welcome-Back-Full-Movie

चलचित्रः वेलकम ब्याक
निर्देशकः अनीस बज्मी
कलाकारः जोन अब्राहम, अनिल कपुर, नाना पाटेकर, परेश रावल, श्रूती हसन, डिम्पल कपाडिया, नसीरुद्धिन शाह, शाइनी आहुजा, अंकिता श्रीवास्तव ।
निर्माताः फिरोज नाडियाडवाला

वेलकम’, ‘नो इन्ट्री’, ‘सिंह इज किंग’ जस्ता कमेडी फिल्म बनाएका निर्देशक अनीस बज्मी फेरि एक पटक दर्शकलाई मनोरञ्जन गराउन तम्सिएका छन् ‘वेलकम ब्याक’ मार्फत ।

‘वेलकम ब्याक’ ८ वर्षअघि प्रदर्शन भएको ‘वेलकम’को सिक्वेल हो । पहिलो फिल्ममा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका थियो । तर, सिक्वेलमा जोन अब्राहम र श्रुती हसन मुख्य भूमिकामा उतारेका छन् निर्देशक अनीसले । ‘वेलकम’ हेरेका मानिसलाई ‘वेलकम ब्याक’ हेर्दै अक्षय कुमारको अभाव महसुस् हुनसक्छ ।

कथा यस्तो छ ?

उदय भाई (नाना पाटेकर) र काका बाउका छोरा मज्नु (अनिल कपुर) अण्डरवल्डको दुनिया छाडेर दुबईका प्रसिद्ध ब्यबसायी बन्न पुग्छन् । उनिहरु प्रसिद्ध होटलको मालिक हुन्छन् । सम्पत्ति पनि प्रसस्त छ । तर, दुबैको समस्या एउटै हुन्छ ।

उमेर ढल्किसक्दा समेत बिबाह भएको हुँदैन । यही विचमा आईपुग्छिन् राजकुमारी बबिता -अंकिता श्रीवास्तव) । नाना र अनिल अंकितालाई एकतर्फी प्रेम गर्छन् । यता उदयकी बहिनी रञ्जना (श्रुती हसन) को जोन अब्राहमसंग प्रेम हुन्छ ।

फिल्ममा एकातिर जोन र रञ्जनाको प्रेम प्रसँग छ भने अर्कोतिर नाना, अनिल र अंकिताको त्रिकोणात्मक प्रेम प्रसँग पनि छ ।

Welcome-Back-Hindi-Movie-019

अभिनय

नाना पाटेकर, अनिल कपुर र नसीरुद्धिन शाहले सान्दार अभिनय गरेका छन् । जोन अब्राहम र श्रुती हसनले पनि राम्रो अभिनय गरेका छन् । फिल्ममा अर्का कलाकार शाइनी आहुजाले पनि वेलकम ब्याक गरेका छन् । तर, अंकिता श्रीवास्तवले आफ्नो प्रभाव छाड्न सकेकी छैनन् । समग्रमा भन्ने हो भने हेर्दै जाँदा अक्षयकुमार र कटि्रना कैफको अभाव झल्किन्छ ।

निर्देशन

निर्देशक अनीस बज्मीले सिचुएसन कमेडी बनाउने क्रममा केही जर्बजस्त पनि गरेका छन् । मध्यान्तर अघिसम्म फिल्म राम्रै लाग्छ । तर, मध्यान्तरपछि लम्ब्याउनकै लागि मात्रै दुईटा गीत राखिएको हो कि जस्तो भान हुन्छ । नाना र अनिलको भूमिकालाई बलियो त बनाए । तर, दर्शकलाई पूर्ण सन्तुष्टि दिलाउन सकेनन् ।

हेर्ने कि नहेर्ने ?

लामो समयदेखि तपाई कमेडी फिल्मको प्रतिक्षामा हुनुहुन्छ भने भने पपकर्न खाँदै वेलकमब्याक हेर्न तपाइलाई बोर लाग्ने छैन । यो फिल्म स-परिवार हेर्न सकिन्छ । तर, फिल्म हेर्न जानु अघि दिमाग घरमै छाडेर जानुपर्छ । क्लाईमेक्स सम्झिने कोशिस पटक्कै नगर्नू होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment