Comments Add Comment

बोलिभियाको पोष्टमा अर्जेन्टिनाको ७ गोल, एग्युरोको उत्कृष्ट प्रदर्शन

Sergio-Aguero

१९ भदौ, काठमाडौं । सर्जिओ एग्युरोको उत्कष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले मैत्रिपूर्ण फुटबलमा बोलिभियामाथि रवाफिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ७-० ले पराजित गरेको हो । उसका लागि एग्युरोले दुई गोल गरेका थिए भने तीन गोलका लागि पास लिएका थिए ।

टेक्सासमा भएको खेलमा अर्जेन्टिनाले स्टार स्ट्राइकर मेस्सीलाई बेन्चमा राखिएको थियो । कार्लोस टेभेज पनि बेन्चमा थिए भने स्ट्राइकमा एग्युरा मात्र थिए । उनलाई अट्याकर लाभाजी र मिडफिल्डर निकालास गेइटनलाई खेलाइएको थियो ।

एकपक्षीय खेलमा अर्जेन्टिनाले छैटौं मिनेटमा नै अग्रता लियो । एग्युरोको पासमा लाभाजीले गोल गरे । ३४ औं मिनेटमा गोल गरेका एग्युरोले ४१ औं मिनेटमा लाभाजीलाई अर्को गोलको पास मिलाइदिए ।

Messi

खेलको ५९ औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए । ६५ औं मिनेटमा गेइटनको स्थानमा मेस्सी बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरे ।

मैदान प्रवेश गरेको दुई मिनेटपछि नै मेस्सीले गोलको खाता खोले । ७५ औं मिनेटमा एग्युरोको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।

८४ औं मिनेटमा एन्जल कोरियाले गोल गरेपछि अर्जेन्टिना ७ -० को रवाफिलो जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment