Comments Add Comment

मध्यरातमा केसीसँग ११ बुँदे सहमति

२० भदौ, काठमाडौं । सरकार र त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीबीच शनिबार मध्यराति ११ बुँदे सहमति भएको छ । डा. केसीले अनशन भने तोडेका छैनन् । देशमा शान्ति र सद्भावका लागि भन्दै आइतबार दिउँसो ३ बजेसम्म अनशन बस्ने केसीले बताएका छन् ।

सरकारका प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीच शनिबार राति सात बजेबाट सुरु भएको वार्ता राति साढे १२ बजे सहमतिमा टुंगिएको थियो । चिकित्सा शिक्षामा सुधार लागि भन्दै डा. केसी ७ भदौदेखि आमरण अनसन बसेका थिए । ८ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । डा केसीको माग सम्वोधनका लागि बार्ता गर्न शनिबार बेलुका सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल त्रिवि शिक्षण पुगेको नयाँ पत्रिकामा खबर छ ।

केसीका तर्फबाट डा वाइपी सिह, डा जीवन क्षेत्री, डा रामचन्द्र सापकोटा सहभागी थिए । नेपाल चिकित्सक संघका तर्फबाट डा अन्जनीकुमार झा सहभागी थिए । सुधार लागि भन्दै डा. केसी ७ भदौदेखि आमरण अनसन बसेका थिए । आठबुँदे माग राखेर उनी आमरण अनशनमा बसेका हुन् । डा. केसीको माग सम्बोधनका लागि वार्ता गर्न शनिबार बेलुका सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल त्रिवि शिक्षण पुगेका थिए । केसीका तर्फबाट डा. वाइपी सिंह, डा. जीवन क्षेत्री, डा. रामचन्द्र सापकोटा सहभागी थिए । नेपाल चिकित्सक संघका तर्फबाट डा. अञ्जनीकुमार झा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment