Comments Add Comment

पुरुषले ह्वीस्की खान हुन्छ, महिलाले किन हुँदैनः शोभा त्रिपाठी

shova tripathi_1

काठमाडौं   । तीज आउन लाग्यो, त्यसैले अरु महिला कलाकार जस्तै शोभा त्रिपाठीको पनि फुर्तिफार्ति बढेको छ । अब केहि दिनहरु नाच्ने-गाउने र खाने-पिउनेमै बित्नेछन् ।

‘तीज मात्रै त्यस्तो अवसर हो, जहाँ हरेक महिलाले इच्छाअनुसार ड्रेसअप गर्न सक्छन् र मनको बह पोख्न सक्छन्,’ तीज मनपर्नुको कारण उनले खुलाइन् ।

तर, आजका नेपाली नारीलाई इच्छा अनुसारको ड्रेसअप गर्न र मनको कुरा पोख्न तीज नै पर्खिनुपर्छ र ? शोभा भन्छिन्, ‘बह पोख्ने शैलिमा फरक आयो होला । तर, चलन अझै छ ।’ उनले मन्दिरमा जम्मा भएर गीत गाउनेहरुको कुरा गरिन् ।

ब्रत बस्दा लुकेर खान्थिन्

सानोमा आमासंगै तीज मनाउन मामाघर जान्थिन् शोभा । माम घरमा सबै महिला र केटीहरु व्रत बस्थे । ‘शोभा पनि ब्रत बस’ भनेर आमाले आदेश दिएपछि उनी नाई भन्दिन थिइन् ।

ब्रत त बस्थिन्, तर भोकले मर्नु हुन्थ्यो । त्यसैले घरका मान्छे यताउता लागेपछि लुकेर खान्थिन् । शोभाको भनाई अनुसार यसरी लुकेर खाँदा अति रमाइयो हुन्थ्यो । गाउँमा बसुन्जेल लुकेर खाएकी शोभाले काठमाडौ आएपछि देखाएरै खान पाईन् । गीत गाउने र नाच्नेले फलफूल र जुस खानैपर्ने उनको भन्यता छ ।

ह्वीस्की खान किन नहुने ?

तीज आउनुभन्दा महिनौं अघिदेखि दर खान हिड्न उनलाई पनि मन पर्दैन । तर, परिकार चाहिँ समयअनुसार फेरिन्छ भन्छिन् उनी । ‘बजारमा जे पाईन्छ त्यहि बस्तु उपभोग गर्नु सामान्य हो,’ शोभा भन्छिन्, ‘जसलाई जे मिठो लाग्छ त्यही खान्छन् । तीज भन्दैमा चाम्रे नै खानुपर्छ भन्ने केहि छैन ।’

तर, दरका नाममा महिलाहरुले दारु खान अभ्यस्त भइरहेको कुरा पनि छ । त्यसमा के भछिन् उनी ? ‘कुनै पुरुषले दसैं तिहार वा अन्य पर्वमा हि्वस्की खाएर मनोरञ्जन लिन्छन् भने महिलाले तीजमा त्यहि कुरा गर्दा किन आपत्ति ?’ उनले प्रतिप्रश्न गरिन् ।

shova-1पुरुष नाच्नु अन्यथा होइन

पहिले पहिले तीजमा पुरुषहरुले नाचे गाएको खासै देखिदैनथ्यो । तर, आजकालका तीज गीतमा महिलासँगै नारिएकार नाचगान गर्न थालेका छन् पुरुषहरु । शोभाको यसमा आपत्ति छ कि ?

‘अहँ छैन,’ उनले भनिन्, ‘मलाई त लाग्छ, पुरुषको सहभागीताले तीजको मौलिकता बढ्छ । महिलासंगै पुरुषले पनि कम्मर हल्लाउन थालेपछि तीजको महत्व झन बढेको छ ।’

नगाउँ भनेको मनै मानेन

यसपाली भुकम्पले गर्दा तीजगीत नगाउँ कि भन्ने पनि लागेको थियो उनलाई । तर, आठ वर्षदेखि तीजमा नियमित नयाँ गीत गाउन बानी परेकी शोभाको के मन मान्थ्यो । ‘शोभाको गीत कस्तो आउछ होला ? शोभा मोटाई कि दुब्लाई ? यसपाली कस्तो नाची कुन्नी ? भनेर पर्खी बसेका दर्शकलाई निराश बनाउन मन लागेन, त्यही भएर गाएँ,’ उनले भनिन् ।

विदेशलाई महत्व दिन्न

यसपाली तीज कार्यक्रममा जापान गएर आइन् शोभा । यसअघि पनि धेरैले जापानमा तीज मनाउन प्रस्ताव गरेका थिए, तर गएनन् रे । कारण विदेश लैजाने आयोजकहरुले सिधै भन्थे ‘जाने आउने प्लेनको टिकट काटेर घुमाइदिन्छौं ।’

शोभाको भनाई अनुसार तीज आफैंमा राम्रो कमाई हुने सिजन हो । यस्ता सिजनमा सित्तैमा घुम्नु भनेको घाटा बेहोर्नु हो । तीजको छेकोमा दैनिक चारवटासम्म कार्यक्रममा सहभागी हुने शोभाले कमाई पनि राम्रै हुने बताइन् । यसपालीको जापान यात्रा कमाई राम्रै हुने भएकाले गएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment