Comments Add Comment

जनकपुरमा मारिएका तीन जनालाई सहिद घोषणा गर्न सिफरिस

२९ भदौ, जनकपुर । आन्दोलनका क्रममा जनकपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनालाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमति भएको छ । यससँगै मृतकको शव बुझ्न र अन्तिम संस्कार गर्न आन्दोलनकारी सहमत भएका छन् ।
Janakpur-Jhadap
आइतबार राति अबेर सहमति भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसााद काफ्लेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने-‘परिवारलाई आर्थिक सहायता, घाइतेका उपचार र मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’

जिल्लाको सिफारिस मन्त्रिपरिषद्लेे पास गर्नु पर्ने हुन्छ । त्यस अनुसार निर्णय भए परिवारले १० लाख आर्थिक सहायता पाउँछन् ।

यो सहमतिसँगै पीडित परिवार र आन्दोलनकारीहरु शव बुझ्न र अन्तिम संस्कार गर्न सहमत भएका छन् ।

मधेस आन्दोलनका क्रममा २५ गते जनकपुर क्षेत्रमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो । मृतक मध्ये संजय चौधरी सद्भावना पार्टीका जिल्लास्तरीय नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment