Comments Add Comment

राजा राख्ने कमल थापाको प्रस्ताव संविधानसभाद्वारा अस्वीकृत

२९ भदौ, काठमाडौं । संविधानसभाले राजसंस्था राख्नुपर्ने माग बहुमतले अस्वीकृत गरेको छ ।

Kamal Thapaसंविधानको धारा ६१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन राखेका थिए । थापाले राखेको संशोधनमा राष्ट्रपति र उपराष्ट्रपति रहने प्रस्तावित व्यवस्था हटाएर राजसंस्था राख्नुपर्ने उल्लेख थियो ।

तर, संविधानसभाको सोमबारको बैठकले थापाको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।

थापाको संशोधन ध्वनी मतले अस्वीकृत गरेको थियो । लगत्तै थापाले मत विभाजन गर्न माग गरे ।

सभाध्यक्ष सुवास नेम्वाङले नियमावलीअनुसार १० प्रतिशत सदस्यको समर्थन देखाउन आग्रह गरे । तर, थापाको पक्षमा २५ सभासद मात्र उभिए । जुन मतविभाजनका लागि पर्याप्त भएन र संविधानसभाले राजसंस्था राख्नुपर्ने राप्रपा नेपालको प्रस्ताव अस्वीकृत गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment