Comments Add Comment

संविधान जारी हुन लागेकोमा भारतको साबधानीपूर्वक स्वागत र समर्थन

२९ भदौ, काठमाडौं । भारतले नेपालको नयाँ संविधान जारी हुन लागेकोमा सावधानीपूर्व स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले सोमबार राति अबेर विज्ञप्ति जारी गरी संविधान निर्माण प्रक्रियामा भएको प्रगतिको स्वागत गरेको हो ।

susma-sorajसाथसाथै भारतले नयाँ संवधान मुलुकका सबै क्षेत्र,भाग र समाजले ग्रहण गर्न सक्ने तथा उनीहरुको अपेक्षा पूरा गर्ने होस भन्ने चाहना समेत व्यक्त गरेको छ ।

काठमाडौंस्थित भारतीय दुतावासले उपलब्ध गराएको भारतीय विदेश मन्त्री शुष्मा स्वराजको विज्ञप्तिमा भनिएको छ- हामी संविधानको अनुमोदनका लागि संविधानसभाद्वारा हालैका दिनमा भइरहेको प्रगतिको स्वागत तथा प्रशंशा गर्छौं किनकि यो प्रक्रियाबाट धेरै विवादस्पद मुद्दाको समाधान भएका छन् ।

विज्ञप्तिमा नेपालका केही भागमा भइरहेको विरोध आन्दोलन तथा संघर्षबाट भारत चिन्तित रहेको भनिएको छ । भारतले हिंसा स्वीकार्य नहुने पनि प्रष्ट पारेको छ ।

विज्ञप्तिमा केही ठाउँमा भएका हिंसालाई भयंकर हिंसाको संज्ञा दिँदै भनिएको छ-भयंकर हिंसाले एकपटक फेरि नेपालको आत्मा हल्लाएको छ । मर्नेहरु चाहे नेपाली नागरिक हुन् वा सरकारी सुरक्षाकर्मी, सबै घटनामा रगत नेपालीको बगेको छ ।

भूकम्पको त्रासदीबाट नेपाल उठ्न नसकेका बेला यस्ता हिंसात्मक घटना हुनुले भारत चिन्तित रहेको विदेशमन्त्री स्वराजको विज्ञप्तिमा उल्लेख ।

विज्ञप्तिमा भनिएको छ- हामी यो अवस्थामा सबै राजनीतिक पक्षलाई लचिलो रुप अपनाउन अपील गछौर्ं, ता कि सबै मुद्दाको समाधान यथा स्म्भव अधिकतम सम्झौताबाट हिंसामुक्त परिवेशमा गर्न सकियोस् ।

भारतले नेपालका राजनीतिक दल, संगठन तथा बुद्धिजीवी वर्गले संकटको समयमा सधैं परिपक्वता तथा दूरदर्शिता देखाएको स्मरण गर्दै नेतृत्वको बुद्धिमताकै कारण नेपालले वर्तमान कठिनाइमाथि विजय प्राप्त गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- आधुनिक नेपाल निर्माणको लागि स्थायी एवम् मजबुत संविधान आवश्यक छ र हामी आशा गर्छौं कि नेपाली नेतृत्वले यसका लागि कुनै कसर बाँकी राख्ने छैन ।

विदेश मन्त्री स्वराजले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन दलहरुले गरेको कामको प्रशंसा गर्दै भारत सधैं नेपाल सरकार र नेपाली जनताका साथमा उत्सापूर्ण र हार्दिक सम्बन्ध अझ सुदृढ गर्दै लैजान प्रतिबद्धत रहेको प्रष्ट पारेकी छन् ।

नेपालको संविधान निर्माण प्रक्रियामा भारतले हस्तक्षेप गर्नुपर्ने र मधेस आन्दोलनको समर्थन गर्नुपर्ने भनी केही मधेसी अधिकारकर्मी र भारतीय सञ्चारमाध्यमले समेत लबिङ गरिरहेका बेला भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment