Comments Add Comment

कार्यकारी राष्ट्रपतिको प्रस्ताव अस्वीकृत

२९ भदौ, काठमाडौं । संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव अस्वीकृत गरेको छ ।

Sital-Niwasसंविधानको परिर्माजित विधयेकको धारा ६२ मा संशोधन राख्दै नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्ले र अर्का सभासद श्याम श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव गरेका थिए ।

तर, संविधानसभाको सोमबारको बैठकले दुबैको प्रस्ताव बहुमतले काफ्लेको प्रस्ताव अस्वीकृत गरेको छ ।

एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने भन्दै फरक मत राखेको छ । तर, दलहरुबीच भएको सहमति अनुसार उसले आफूले भनेको जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावको समर्थन गरेन ।

एमाओवादीका सभासदहरुले काफ्ले र श्रेष्ठको प्रस्तावको विपक्षमा हात उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment