Comments Add Comment

तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल पक्राउ

jitendra sonal (2)

२९ भदौ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

विहान कपडा उद्योग लगायतमा भएको आगजनीमा संलग्न भएको अरोपमा प्रहरीले सोनल र सिंहलाई नितनपुरबाट पक्राउ गरेको हो । इन्स्पेक्टर पुरुषोतम खड्काले अनलाइनखबरसँग भने-‘लिप्नेमाल ८ मा भएको कपडा उद्योग तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो ।’

अर्को स्थानमा पनि तोडफोड गर्न जान लागेको अवस्थामा पक्राउ गरिएको उनले बताए । अन्य स्थानमा भएको तोडफोडको लगत संकलन भइरहेको भन्दै इन्स्पेक्टर खड्काले त्यसमा उनीहरुको संलग्नता हरेर कारबाही अघि बढाउने बताए ।

मोर्चाका नेताहरुको धरपकड रोक्न माग

प्रहरीले सोमबार मात्रै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई रौतटहको गौरबाट प्रहरीले बैठकस्थलबाटै पक्राउ गरेको संघीय समाजवादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले बताएका छन् ।

मोर्चाको संयुक्त बैठक चलिरहेकै बेला संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वर यादव र रामकिशोर यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता अनिल सिंह, सद्भावना पार्टीका शेष जमशैद र फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्तासहित ५ जनालाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गौरमा राखेको बस्नेतले बताए ।

यो गिरफ्तारीलार्इ गैरकानूनी एवं कायरतापूर्ण कदमको भन्दै फोरम नेपालले पक्राउ परेका नेताहरुलाई बिनाशर्त अविलम्ब रिहा गर्न माग गरेको छ ।

फोरम सचिव बस्नेतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- ुजनताको आन्दोलनबाट त्रसित भई गैरकानूनी रुपमा नेता कार्यकर्तालाई धरपकड गरी थुनामा राख्ने र गोली हान्ने कार्य गरिएको छ ।ु

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आतंककारी सरह दमन गरेको, छाती र टाउकोमा ताकेर गोली हानेको, घाइते बनाई अंगभंग गरेको, जनताको घरघरमा पसेर महिला एवं बालबालिकालाई निर्मम कुटपिट गरेको बस्नेतको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment