Comments Add Comment

सर्वोच्चले भन्यो- आन्दोलनमा घातक बल प्रयोग नगर्नू

२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मधेसमा भइरहेको आन्दोलनमा घातक बल प्रयोग नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

supreme-court-of-Nepal-Final1विस्मिलाह खातुनलगायतले दायर गरेको रिटमा न्यायाधीश बैद्यनाथ उपाध्याय र दीपकराज जोशीको इजलासले राज्यले शान्ति सुरक्षा कायम गर्न कानून बमोजिम आवश्यक कदम चाल्ने ठहर गरेको छ ।

तर, रिट निवेदकले दाबी गरे जस्तो रसायनिक पदार्थ मिसिएको अश्रुग्यास र घात हतियार प्रयोग गरेको भए नगर्नु भन्ने आदेश भएको सर्वोच्चका सह-रजिष्टार नकुल सुवेदीले अनलाइनखबरलाई जनकारी दिए ।

अधिवक्ता दीपेन्द्र झाले अदालतको आदेशमा स्थानीय प्रशासन ऐनले तोकेको मापदण्ड बमोजिम मात्र बल प्रयोग गर्न गराउन अन्तरिम आदेश दिएको अनलाइनखबरसँग बताए । उनले भने- ‘रिटमा घातक बल प्रयोग नगर्न र ज्यानै जाने गरी गोली नचलाउन माग गरिएको थियो, रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश भएको छ ।’

मधेसमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको आरोप आन्दोलनकारी दलहरुसँगै एमाओवादीले समेत लगाएको छ ।

एमाले अध्यक्ष केपी ओलीले समेत संविधानसभामा मन्तव्य दिने क्रममा ताकेर गोली हानिएको भए त्यो गलत कार्य भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment