Comments Add Comment

‘हाम्रा अधिकार नसमेटिएको संविधान मान्दैनौ’

आरपी सुवेदी
२९ भदौ नेपालगन्ज । संयुक्त थरुहट मधेश संघर्ष समिति बाँकेले आफ्नो अधिकार र माग नसमेटि जारी गरेको संविधान कुनै हालतमा नमान्ने बताएका छन् । नेपालगन्जको पुरैनीमा आयोजित कार्यक्रममा सहभागीहरुले संविधानको विरोध जनाउनको लागि पत्येक घर-घरमा कालो झण्डा राख्न पनि आव्हान गरेका छन् ।

Nepalgungविरोध सभाका प्रमुख अतिथि संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व सभासद मो. ईस्तियाक राईले राज्यले दमनको नीति अख्तियार गर्दै मधेसी र थारुको मुद्दालाई सम्बोधन नै नगरी एकलौटी रुपमा जारी गर्न खोज्नुले नै राज्यले मधेसी र थारु माथि दमनको नीति लिदै मधेसी मुस्लिम र थारुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको उल्लेख गरे ।

समितिका प्रवक्ता पशुपतिदयाल मिश्राले शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासनले धरपकड गर्दै दमन गरेको बताउदै लोकतनत्रको समेत उपहास गर्दै लामो समयदेखि निषेधाज्ञा र कर्फ्यू लगाउदै आएकोले आफुहरुको विरोध गर्न पाउने अधिकार कुण्ठित भएको गुनासो गरे । उनले चारदलले जारी गर्ने संविधान आफुहरुलाई कुनै पनि अवस्थामा मान्य नहुने र कडा विरोध गर्दै गाउ-गाउमा जलाईने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment