Comments Add Comment

दशरथ रंगशालामा एमालेको वृहत चियापान

३१ भदौ, काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आउन थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि काठमाडौंको दशरथ रंगशालामा वृहत चियापान आयोजना गर्ने भएका छन् ।

UML Party Office Dhumbarahiएमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले संविधान जारी भएपछि असोज ५ गते चियापान आयोजनाको निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमालेको मिसन र अध्यक्ष ओलीको नेतृत्वदायी भूमिकाका कारण संविधान जारी हुन सकेको भन्दै यसको खृुसियालीमा सर्वसाधारण जनतादेखि विदेशी कुटनीतिज्ञहरुलाई समेत चियापानपमा बोलाइने थापाले बताए ।

सर्वसाधारण जनता र कार्यकर्ताहरुलाई अपरान्ह १२ देखि ३ बजेसम्मको समय दिइएको छ भने दलका नेता, कुटनीतिज्ञ र उच्च पदस्थ अधिकारीहरुलाई ३ देखि ५ बजेसम्म चियापानको निम्तो पठाइने थापाले बताए ।

एमालेले संविधानको स्वागतमा दिपावलीलगायतका रचनात्क कार्यक्रमहरु गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ ।

चिनियाँ राजदूत बालकोट पुगे

यसैवीच संविधानसभाबाट संविधानको बिधेयक पारित भएपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रत्यक्ष भेटेर चिनियाँ राजदूतले बधाइ दिएका छन् ।

ओलीलाई बधाइ दिन चिनियाँ राजदूत ऊ चुन्ताई विहीवार बिहान बालकोटस्थित ओली निवासमा पुगेका थिए । उनले संविधान पारित भएकोमा ओलीलाई बधाई दिँदै नेपालको स्थायित्वका लागि शुभकामना दिएको स्वकीय सचिव रमेश आचार्यले बताए ।

अन्य देशका राजदूतले ओलीलाई फोन मार्फत बधाइ दिएका छन् । ओलीलाई भेटेर बधाई दिन प्राध्यापक, बुद्धिजिवी तथा राजनीतिक दलका कार्यकर्ताका साथै सर्वसाधारण निवासमा पुगेका थिए ।

संविधान पारित गर्न ओलीको नेतृत्वदायी भूमिका रहेको भन्दै उच्च पदस्थ सुरक्षा अधिकारी तथा सरकारी कर्मचारीले समेत उनलाई बधाई दिएका छन् ।

चार दलको बैठक र अन्य पक्षसँग छलफलका कारण ओलीलाई बधाइ दिन चाहने सबैलाई समय मिलाउन नसकिएको ओलीको सचिवालयले जनाएको छ ।

ओलीलाई बिहानै निवासमा पुगेर युवा संघका महासचिव राजिव पहारी तथा केही एमाले सभासदहरुले खादा लगाएर बधाइ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment