Comments Add Comment

कविता : आज मन एकदम अशान्त छ

बसुधा नेपाल पोखरेल, अमेरिका

Basudha-Nepalधरती खोज्दै थिर्इ आत्मीयताको परिभाषा,
धेरैपछि भेटिने त्यो सफलताको आशा,
परीक्षा कोठामा बसेका परीक्षार्थीहरुसँग,
कागज र कलममा जोडिएका सम्बन्धहरुसँग ।

उसले दिने सफलताको परिभाषा एउटै हुनुपर्छ ,
समान विकासका पूर्बाधारहरु खडा गरिनुपर्छ,
कतै हिरा कतै किरा हुन नदिन मस्तिस्कहरु सजग रहनुपर्छ,
घृणा र द्वेष फैलाउने काम अब बन्द गरिनुपर्छ ।

नदीले काटिने त्यो माटो भाइचाराले जोडिनुपर्छ,
कर्मशील हातहरुले मेरो मातृभूमि सजिनुपर्छ,
मुलुक कसैको बपौती हैन, मूर्ख हामी कतै हुँदै हैनौ,
फेरि पनि कसैले सोचे त्यो हामी हुनै दिन्नौ ।

रेटिँदा गलाहरु त्यहाँ तिमी पनि दुखिनुपर्छ,
भातृत्व मातृत्वको ग्रन्थी तिमीमा पनि हुनुपर्छ,
देश रहे न रहला, तिम्रो पनि अस्तित्व त्यहाँ,
लड्नेछौ कसका लागि पाउनेछौ ठुटो बुटा त्यहाँ ।

स्वार्थमा फसेको चिन्ता हामीले गर्नु स्वभाविक छ,
रित्तिँदैन त्यो मेरो देश खबर्दारी गर्नु जरुरी छ ।
त्यो धरतीमा न त कुनै चिरा परोस ,
न त आकासको कुनै गडगडाहट रहोस,
त्यो त अत्यन्त शान्त छ, एकान्त छ,
मायैमायाले ओतप्रोत छ ,
त्यसैमा मेरो विश्वाश छ ।
तर, पनि आज किन किन मन एकदम अशान्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment