Comments Add Comment

बार्सिलोनाको जितमा मेस्सीको गोल, तर पेनाल्टीमा चुके

Messi-And-Neymar

४ असोज, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आफ्नो विजयी यात्रा कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सीको दुई गोलको मदतमा लेभान्टेलाई ४-१ ले पराजित गरेको छ । तर, मेस्सी फेरि पेनाल्टीमा चुकेको छन् ।

नाउ क्याम्पमा भएको खेलमा लेभान्टेले पहिलो हाफमा बार्सिलोनालाई गोलसहित बराबरीमा रोक्यो ।

तर, ५० औं मिनेटमा वार्टाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । त्यसको छ मिनेटपछि नै नेयमारले अग्रता दोब्बर पारे ।
६१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे । ६६ औं मिनेटमा लेभान्टेले गोल गर्दै घरेलु टोलीको अग्रता ३-१ मा झार्‍यो ।

खेलको ७८ औं मिनेटमा मेस्सीलाई फल गरेपछि बार्सिलोनाले फेरि पेनाल्टी पायो । तर, यो पटक मेस्सी गोल गर्न चुके । अहिलेसमम ६५ पेनाल्टी हानेका उनी यो १५ औं पटक गोल गर्न असफल भएका हुन् ।

खेलको अन्तिम मिनेटमा मेस्सीले गोल गरे र बार्सिलोनालाई ४-१ को जित दिलाएका छन् ।

जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा झरेको रियल मडि्रडको समान खेलबाट १० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment