+
+

तपाई के भन्नुहुन्छ ? प्रधानमन्त्री अमेरिका जानु ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते १६:१७

Susil koirala

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री सुशील कोइरालाको टोली बुधबार अमेरिका प्रस्थान गर्दैछ । राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले देश संकटमा परेका बेला वार्ता र सम्वादमा जुट्न आग्रह गर्दै प्रधानमन्त्रीलाई विदेश नजान आग्रह गरेका छन् ।

संविधान बनिसकेपछि प्रधानमन्त्री कोइरालाले असोज १० भित्र राजीनामा गरिसक्नुपर्ने हो । तर, उनले अमेरिकाबाट फर्किएपछि मात्रै राजीनामा दिने बताएका छन् । यसले गर्दा नयाँ सरकार गठनमा पनि केही ढिलाइ हुने निश्चित देखिएको छ । तर, त्योभन्दा महत्वपूर्ण काम चाहिँ दसैं आउन लागको बेला जनजीवन सामान्य बनाउनुपर्ने सरकारको दायित्व छ । यस्तो बेलामा तपाई प्रधानमन्त्रीलाई के सुझाव दिन चाहनुहुन्छ ?

१. नयाँ संविधान बनेका बेला राष्ट्र संघको महासभामा सहभागी भएर प्रधानमन्त्रीले नेपालको अवस्थाबारे जानकारी दिन आवश्यक छ । त्यसर्थ राष्ट्रको गरिमालाई ख्याल गर्दै प्रधानमन्त्री कोइराला अमेरिका जानु उपयुक्त हुन्छ ।

२. राष्ट्र संघलाई नेपालको मामिलाबारे स्पष्ट पार्न प्रधानमन्त्री कोइराला नै न्युयोर्क गइरहनुपर्दैन, त्यो भन्दा महत्वपूर्ण कुरो देशको बिग्रादो अवस्था हो । त्यसैले प्रधानमन्त्री कोइराला यस्तो बेलामा विदेश जानुहुादैन ।

३. यसको सही समाधान भनेको परराष्ट्र मन्त्रीको नेतृत्वमा राष्ट्र संघको बैठकमा भाग लिनु र प्रधानमन्त्रीले घरेलु समस्या समाधानमा ध्यान दिनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment