Comments Add Comment

लेभान्डोस्कीले बनाए नौ मिनेटमा ५ गोलको रेकर्ड

Robert-Lewandowski
६ असोज, काठमाडौं । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बार्यन म्युनिखका रोबट लेभान्डोस्कीले नौ मिनेटभित्र पाँच गोल गरेका छन् ।

बुन्डेजलिगा फुटबलमा मंगलबार राति बार्यनले वल्फगर्बलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । बार्यनका लागि सबै गोल लेभान्डोस्कीले गरे ।

आलियान्ज एरिनामा भएको खेलमा बार्यन म्युनिख पहिलो हाफमा एक गोलले पछि परेको थियो । दास्रो हाफको सुरुमा नै थिएगोको स्थानमा लेभान्डोस्की मैदान प्रवेश गरे ।

मैदान प्रवेश गरेको छैटौं मिनेटमा गोलको खाता खोलेका लेभान्डोस्कीले गोलको बर्षा नै गरे । लेभान्डोस्कीले मैदान प्रवेश गरेको केही समयपछि गोलको वर्षा नै गरेपछि प्रशिक्षक पेप ग्वार्डिआलो समेत आश्चर्यमा परेका थिए ।

Pep-Guardiola
पहिलो गोलको एक मिनेट लगतै दोस्रो गोल गरेका उनले ५५ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

५७ र ६० औं मिनेटमा गोल गरेपछि उनले बुन्डेजलिगामा ९ मिनेटभित्र पाँच गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । उनले तीन गोल क्लोज रेन्जबाट गरेका थिए भने अन्तिम गोल कक्रोब्याटिक सर्ट हानेका थिए ।

जितसँगै बार्यन म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ५ खेलबाट १५ अंक छ । वल्फबर्ग भने ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment