Comments Add Comment

फेसबुकले यसरी कमाउँदैछ मेसेजबाट पैसा

Facebook

फेसबुकले यसअघि नै बताइसकेको छ की ऊ आफ्ना च्याट सेवा फेसबुक मेसेन्जरबाट पैसा कमाउने बारेमा सोँचिरहेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले भनिसकेका छन् की मानिस तथा बिजनेस एक अर्कालाई विज्ञापनमुक्त सन्देश पठाउन सम्भव तुल्याउने योजना फेसबुकको रहेको छ । जब मानिस तथा व्यवसायका लागि यस प्रकारको संचार सुलभ हुनेछ तब फेसबुक त्यस व्यवसायबाट पैसा कमाउने तरिका खोज्नेछ ।

अन्ततः फेसबुकको विज्ञापन सेवा सम्बन्धी कार्यकारी एन्ड्रु बोसवर्थले यस विषयको पर्दा उठाएका छन् । फेसबुकले नयाँ प्रकारको विज्ञापन शैली, क्लिक टू मेसेज सुरु गर्न लागेको खुलासा उनले गरेका छन् ।

यसका पछाडिको उद्धेश्य यो छ की व्यवसायीले आफ्नो कम्पनी तथा प्रडक्टका लागि विज्ञापन डिजाइन गर्नेछन् र फेसबुकले आफ्नो साइटमा तल एउटा सानो मेसेज बटन थप्नेछ । यदि कुनै व्यक्तिले उक्त विज्ञापन देख्यो र मन परेर त्यस बारेमा केही जान्न चाह्यो भने उसले मेसेज बटनमा क्लिक गरेर प्रश्न सोध्न वा टिप्पणी गर्न सक्नेछ । यस्तो प्रति क्लिकका आधारमा विज्ञापनदाता कम्पनीले फेसबुकलाई पैसा तिर्नुपर्नेछ ।

यस प्रकार फेसबुकले यस्तो विज्ञापन शैलीको प्रयोग गरेर मेसेन्जरमार्फत पैसा कमाउनेछ । बोसवर्थले उक्त योजना फेसबुकको अहम् रणनीतिको एक हिस्सा भएको बताएका छन् ।

सेप्टेम्बरको सुरुदेखि नै फेसबुकले साना व्यवसायका लागि पेज प्रडक्टमा कायापलट गरिसकेको छ । जसमा नयाँ कल टू एक्सन बटन जोडिएको छ । जसमार्फत कम्पनीले सम्भावित ग्राहकको अप्वाइन्टमेन्ट बुक गर्ने तथा प्रडक्ट हेर्नका लागि लोभ्याउन सक्छ । साथै फेसबुकले हरेक बिजनेसहरुलाई मेसेजिंग टुल प्रयोग सम्भव बनाइसकेको छ ।

कम्पनीहरुले आफ्नो छुट्टै वेबसाइट खडा गर्नुको विकल्पका रुपमा फेसबुक पेजलाई प्रयोग गर्ने बारेमा सोँच्न सुरु गरुन् भन्ने आफुले चाहेको फेसबुकले बताएको छ ।

बोसवर्थ भन्छन्:  हामी चाहन्छौँ, बिजनेसहरुका लागि फेसबुक पेज उनीहरुको अनलाइन उपस्थितिको सबैभन्दा शक्तिशाली उपाय बनोस् । तथ्यांक अनुसार फेसबुकका पेज हेर्नेको संख्या पछिल्लो वर्ष ४० प्रतिशतले बढेको छ भने हरेक महिना १ अर्ब प्रयोगकर्ताले फेसबुकमा खोलिएका पेजहरु हेर्ने गरेका छन् ।

अब कम्पनी तथा ग्राहक सबैका लागि फोन मार्फत प्रडक्टको जानकारी लिने र किनबेच गर्ने जमाना गैसकेको भन्दै उनले फेसबुकको क्लिक टू मेसेज सेवा मार्फत सेवा प्रदायक तथा ग्राहकबीच तिव्र तथा विस्तृत संचार सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment