Comments Add Comment

एप्पलले किन ल्यायो एन्ड्रोइड एप ?

Apple-App

आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो पहिलो एन्ड्रोइड एप ल्याएको छ । अघिल्लो हप्ता सार्वजनिक भएको एप्पलको यो एन्ड्रोइड एपले एन्ड्रोइड फोनका प्रयोगकर्तालाई भने रिस उठाएको छ ।

आफ्नो नयाँ आइफोन लन्च गरेसँगै एप्पलले यो एन्ड्रोइड एप आफ्ना ती ग्राहकलाई लक्षित गर्दै ल्याएको छ जो एन्ड्रोइड फोन प्रयोग गर्न छाडेर आइफोन खरीद गर्न चाहन्छन् ।

यदि तपाइँ एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ र एप्पलको आइओएस अपरेटिंग सिस्टमवाला नयाँ फोन खरीद गर्नुहुन्छ भने यो एप निकै सहयोगी हुनेछ । किनकी यो एपको सहायताले तपाइँले आफ्ना एन्ड्रोइड फोनमा रहेका फोटो, भिडियो, म्यासेज, बुकमार्क, क्यालेन्डर लगायतका सबै जानकारी नयाँ एप्पल फोनमा सार्न सक्नुहुनेछ ।

मुभ टू आइओएस नामको यो एप गुगलको प्लेस्टोरमा उपलब्ध छ र जो कोहीले निशुल्क डाउनलोड गर्न सक्छ ।

उता एन्ड्रोइडका फ्यानहरुले भने एप्पलको यस्तो कार्यप्रति तिव्र असन्तुष्टि जनाउँदै एन्ड्रोइडलाई नै घाटा पूराउने यो एपलाई गुगलले प्ले स्टोरमा किन राख्न दियो ? भन्ने प्रश्न उठाएका छन् ।

स्मरण रहोस् इन्टरनेट जाएन्ट गुगलको अपरेटिंग सिस्टम एन्ड्रोइडले विश्व स्मार्टफोन बजारमा प्रभुत्व कायम राख्दै आएको छ । विश्वमा प्रचलित स्मार्टफोन मध्ये ८० प्रतिशतले एन्ड्रोइड अपरेटिंग सिस्टम प्रयोग गर्छन् । केवल १४ प्रतिशत स्मार्टफोनमा मात्र एप्पललको आइओएस प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment