Comments Add Comment

सामसुङ मोबाइल किन्दा कार उपहार

samsung-galaxy-note-5-002

८ असोज, काठमाडौं । सामसुङ नेपालले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘दशैं बोनाञ्जा’ अफर ल्याएको छ । अफर अन्तर्गत सामसुङको कुनै पनि मोबाइल खरिद गर्दा लक्की ड्र मार्फत आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ ।

कम्पनीले हरेक दिन ३ जनालाई ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जुम र ग्यालेक्सी एस ६ मोबाइल प्रदान गर्ने जनाएको छ । त्यस्तै, हरेक दिन एकजना भाग्यशाली ग्राहकले ग्यालेक्सी ट्याब टी-७०५ जित्नेछन् ।

प्रत्येक १५ दिनमा एक जनालाई बजाज पल्सर-२०० आरएस प्रदान गर्ने कम्पनीले जनाएको छ । बम्परमा एकजना भाग्यशाली ग्राहकले हुण्डाई क्रेटा कार पनि जित्न सक्नेछन् ।

कारको लागि गरिने लक्की ड्र टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ बताइएको छ । अन्य विजेताहरुको भने सामसङ नेपालको आधिकारिक फेसबुक पेज र एसएमएसबाट सूचित गरिनेछ ।

असोज ४ गतेदेखि सुरु भएको योजना कार्त्तिक २९ गतेसम्म लागू हुनेछ । यस अवधिमा सामसङ मोबाइल किनेका ग्राहकले मोबाइलको सिरियल नम्बर ५०५१ म्ाा एसएमएस गरी पठाउनुपर्ने छ ।

samsung-ad

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment