Comments Add Comment

गोधुली साँझले काठमाडौंलाई लपेट्दा (फोटो फिचर)

2_AKD8806
धोविघाटबाट देखिएका अपार्टमेन्ट

९ असोज, काठमाडौं । कंक्रिटको जंगल मात्रै होइन काठमाडौं । यहाँ धुवाँ, धुलो र कोलाहलको राज मात्रै छैन । भागदौडको जिवनबाट थकित भएर अलिकति रोमान्चकता खोज्नेहरुका लागि पनि थुप्रै मौकाहरु उपलब्ध छन् यहि ‘निरस’ शहरभित्र ।

जब दिन ढल्दै जान्छ, काठमाडौं आफसेआफ रोमान्टिक बन्दै जान्छ । बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन लागेको संघघोष गरिदिन्छ । त्यसतिबेला चन्द्रागिरी चुचुरोबाट मज्जाले सूर्यास्तको दृष्यपान गर्नुस ।

लाकुरीभञ्ज्याङ्गमा रमाउँदै युवाहरु

गोधुली साँझमा शहरका अग्ला गगनचुम्बी भवनहरु, शहरलाई वरिपरी घेरेका पहाडका चुचुरा अनि ऐतिहासिक साँस्कृतिक सम्पदाहरुले मानौं अर्कै रुप लिन्छन् । उत्तरी दिशामा रहेका सेता हिमाल चाँदी झैं टलक्क टकिन्छन् । यो राजधानीलाई गर्मीमा शितल हिमाली वतासले हम्किन्छ भने र जाडोमा शहर वरिपरिको जंगलबाट आएको न्यानो हावाले लपेट्छ ।

यसैले त सात समुद्रपारीबाट बर्षेनी लाखौं पर्यटक यहाँको साँस्कृतिक सम्पदासँगै अनुपम प्राकृतिक सुन्दरता हेर्न ओइरिन्छन् । हाम्रो क्यामराको लेन्सबाट काठमाडौंको गोधुली साँझलाई चियाउँदा जस्ता परिदृष्यहरु देखिए, त्यो तपाईंहरुलाई पस्केका छौं ।

18_AKD6088
भक्तपुरको सिद्धपोखरी
17_AKD6627
घाम डुव्नुअघि राजधानीबाट देखिएको हिमश्रृंखला
4_AKD2334
असनबजारको भिड
7_tudikhel_Ramdev Yog
टुंडिखेलमा योग
9 AKD_03088
स्वयम्भूनाथ क्षेत्र
13 AKD_61400
भूकम्पपछिको बौद्धनाथ
1_AKD2621
सूर्यास्तपछिको ललितपुर
5_AKD7539
चन्द्रागिरी आकाश
15_AKD5090
काठमाडौंको दक्षिणी क्षेत्र नगरकोटबाट हेर्दा
16_AKD0209
वसन्तपुरमा एक साँझ युवायुवती मैनबत्ती जुलुसमा सहभागी हुँदै
14_AKD5148
राजधानीबाट देखिएको सूर्यास्त
8_AKD6530
कोपुण्डोलबाट हेर्दा
10_AKD_1184
बानेश्वरबाट देखिएको सूर्यास्त
11_AKD_9327
बबरमहलबाट दक्षिणतर्फ
12_AKD7342
रामकोट डाँडा
6_AKD2219
टुंगुन पहाड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment