Comments Add Comment

विज्ञान जगतका केही आविष्कार, जसले हाम्रो जिवन नै बदलियो

अहिलेको युग सूचना प्रविधिको युग बनिसकेको छ । प्रविधि मानव जिवनको दैनिकी बन्दै गएको छ र प्रविधि विना जिवनको कल्पना गर्न नसकिने अवस्था आएको छ । मानव जिवन तथा कार्यलाई सजिलो तथा उत्कृष्ट बनाउने केही वैज्ञानिक आविष्कार तथा त्यसका आविष्कारकको सूचि यस्तो छ :
internet

मोबाइल फोनः अहिले विश्वमा मानिसको संख्या भन्दा मोबाइल सख्या धेरै छ । मोबाइल मानिसको जिवनको अभिन्न अंग बनिसकेको छ । मोबाइल फोनको आविष्कार गर्ने वैज्ञानिक मार्टिन कुपर हुन् ।

माइक्रोवेभः खाना पकाउन, तताउन मात्र नभै अन्य विभिन्न काममा प्रयोग हुने माइक्रोवेभको आविष्कार पर्सी स्पेन्सरले गरेका हुन् ।

इलेक्ट्रो फोटोग्राफीः यसका आविष्कारक हुन् चेस्टर कार्लसन ।

एटिएमः एनी टाइम मनी अर्थात् एटिएम मेसिन अहिले बैंकिंग प्रणालीको अभिन्न अंग बनिसकेको छ । यसको आविष्कार गर्ने वैज्ञानिक जोन शेर्फड हुन् ।

डटपेनः डटपेनको आविष्कार गर्ने वैज्ञानिक लास्जलो बिरो हुन् ।

कम्प्युटर माउसः कम्प्युटरको माउस हेर्दा सामान्य लाग्नसक्छ । तर यसले मानिसको कम्प्युटर प्रयोगमा क्रान्ति नै ल्याइदियो । कम्प्युटर माउसका आविष्कारक डगलस एंगलबर्ट हुन् ।

इलेक्टि्रक वेल्डिंगः धातुजन्य निर्माण कार्यमा वेल्डिंग निकै महत्वपूर्ण छ । विद्युतिय वेल्डिंगको आविष्कार एल्हू थम्पसनले गरेका हुन् ।

वल्र्डवाइडवेबः इन्टरनेट ठेगानाको अगाडि लेखिने डब्लु डब्लु डब्लु का आविष्कारक टिम बर्नर्स हुन् ।

साइकलः साइकलको आविष्कार मेकमिलनले गरेका हुन् ।

क्याल्कुलेटरः क्याल्कुलेटरको आविष्कार पास्कलले गरेका हुन् ।

 

रेडियोः रेडियोको आविष्कार मार्कोनीले तथा टेलिभिजनको आविष्कार जे एल बेयर्डले गरेका हुन् । त्यस्तै एफएम रेडियोको आविष्कार एडविन आर्मस्ट्रंगले गरेका हुन् ।

थर्मोमिटरः थर्मोमिटरको आविष्कार ग्यालिलियो ग्यालिलीले गरेका हुन् ।

कैँचीः कैँचीको आविष्कार लियोनादर्ेा दा भिन्चीले गरेका हुन् ।

एक्सरेः एक्सरे मेसिनको आविष्कार विल्हेम कोन्रार्ड रोएन्टजेनले गरेका हुन् ।

क्यामराः क्यामराको आविष्कार जोसेफ नियसीले गरेका हुन् ।

हेलिकप्टरः हेलिकप्टरको आविष्कार बे्रक्वेटले गरेका हुन् भने हवाइजहाजको आविष्कार राइट
दाजुभाइले गरेका हुन् ।

भ्याकुमः भ्याकुम क्लिनरको आविष्कार आइभिस भ्याक्गेफीले गरेका हुन् भने वाशिंग मेसिनका आविष्कारक चाल्र्स स्टोन हुन् ।

फोटोकपीः फोटोकपी मेसिन अमेरिकी वैज्ञानिक चेस्टर कार्लसनले आविष्कार गरेका हुन् ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment