Comments Add Comment

आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो ? यसरी थाहा पाउनुस्

Facebook

अहिले आफुले जान्न चाहेको व्यक्तिका बारेमा बुझ्न निकै सजिलो भएको छ । फेसबुक लगइन गर्यो अनि सम्बन्धित व्यक्तिको प्रोफाइल खोजेर हेर्यो । तपाइँले सायद धेरैपटक यसो गर्नुभएको छ होला । अनि तपाइँको बारेमा जान्नका लागि तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसहरु पनि त होलान् नी । आफ्नो फेसबुक प्रोफाइल कस कसले हेर्यो होला त ?

यो जान्ने चाहना सबैमा नहुने कुरै भएन । आफ्नो बारेमा जान्न अरु कसैले चाहँदा रहेछन् भन्ने कुरा थाहा पाउँदा मख्ख होइन्छ सायद । कोही मानिस तपाइँको बारेमा जान्नका लागि पटक पटक तपाइँको फेसबुकको टाइमलाइनमा आइरहन्छ । तर तपाइँलाई भने पत्तो नै छैन । चिन्ता नगर्नुस्, आज हामी यस्तो टि्रक प्रस्तुत गर्दैछौँ, जसबाट तपाइँले तपाइँको फेसबुक प्रोफाइल कसले हेर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि निम्नानुसारको विधि अपनाउनुहोस् :

· सबैभन्दा पहिलो आफ्नो फेसबुक प्रोफाइल खोल्नुहोस् । आफ्नो प्रोफाइल पेजको सोर्स कोड पत्ता लगाउनका लागि कि बोर्डमा Ctrl+U  दबाउनुहोस् । यसो गर्दा तपाइँको फेसबुक प्रोफाइल पेजको सोर्स कोडवाला पेज खुल्नेछ ।

· त्यसपछि आफ्नो किबोर्डमा Ctrl+F दबाउनुहोस् । यसो गर्दा एक सर्च बक्स खुल्नेछ । उक्त सर्च बक्समा {“list”: लेखेर  Enter दबाउनुहोस् ।

Facebook

· यसो गरेसँगै स्क्रिनमा ती मानिसहरुको फेसबुक प्रोफाइल आइडी देखिने जसले हालै तपाइँको फेसबुक प्रोफाइल हेरेका छन् । तपाइँको फेसबुक प्रोफाइल सबैभन्दा धेरै पटक हेर्ने मानिसको फेसबुक आइडी सबैभन्दा माथि देखिनेछ ।

· त्यसपछि एक नयाँ ट्याब खोल्नुहोस् । उक्त ट्याबको एड्रेसबारमाा facebook.com/प्रोफाइल आडी हालेर इन्टर बटन थिच्नुभयो भने तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसको फेसबुक प्रोफाइल हेरेर उसको बारेमा थप कुरा बुझ्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment