Comments Add Comment

फिल्म समिक्षाः नयाँ बोत्तलमा पुरानो रक्सी

चलचित्रः क्यालेण्डर गल्र्स
कलाकारः आकांक्षा पुरी, अविन मोदी, क्यारा दत्त, रुही सिंह, सतरुपा पायन, सुहेल सेठ, रोहित राय
निर्देशकः मधुर भण्डारकर
निर्माताः संगीता अहीर, भण्डारकर इन्टरटेनमेन्ट

calender-girls1
मुधर भण्डारकरको क्यालेण्डर गल्र्स पनि हेर्दा उनकै अघिल्ला फिल्म फेशन र हिरोईन भन्दा फरक लाग्दैन । यो फिल्ममा आम युवतिको ग्ल्यामरस दुनियामा सफल र असफल हुँदाका प्रसंग राखिएको छ । संगीता अहीर र भण्डारकर इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा नयाँ कलाकारहरु अनुष्का पुरी, अवनि मोदी, क्यारा दत्त, रुही सिंह र सतरुपाले अभिनय गरेका छन् । यी चारै जनाको सपना क्यालेण्डर गल्र्स बन्ने छ ।

फिल्ममा विजय माल्या र उनको किंगफिसर क्यालेण्डरको वरिपरि कथा घुमेको छ । फिल्मका सहभागी कलाकारको चरित्र हेर्दा लाग्छ पि्रयंका चोपडा र शिल्पा शेट्टीवाट प्रभावित छन् अनुबन्धित पात्रहरु ।

मधुर भण्डारकरको यो फिल्मलाई नयाँ बोत्तलको पुरानो रक्सि भन्दा फरक पर्दैन । भन्नुको अर्थ यस फिल्ममा १० प्रतिशत कर्पोरेट, २० प्रतिशत पेज थ्री, ४० प्रतिशत फेशनलाई जोडेर नयाँ नाम दिइए जस्तो लाग्छ ।

फिल्ममा निर्देशकले नयाँ कलाकारलाई मौका दिएका छन् । यसको कमजोर स्क्रिप्टले दर्शकलाई निराश बनाउछ । फिल्म हेर्दा लाग्छ निर्देशक भण्डारकरसंग नयाँ आइडिया सकिएछ । त्यसो नहँदो हो त नयाँ फिल्ममा पुराना प्रसँग दोहोर्‍याउन जरुरी थिएन ।

Calendar-Girls-First-Loo

फिल्ममा भारतका छुट्टा छुट्टै प्रान्त र पाकिस्तानवाट आएकी एक युवतिको प्रसँग छ । जो सन २०१४ को क्यालेण्डर गल्र्समा छनौट हुन्छन् । मुम्बई आएपछि यी युवतिको जीवनमा कस्तो परिवर्तन आउछ ? उनीहरु बाँच्नका लागि के कस्तो काम गर्न विवस हुन्छन् । चर्चामा आउनका लागि कस्ता सर्तलाई स्वीकार्न वाध्य हुन्छन् । निर्देशकले देखाउने प्रयाश गरेका छन् ।

फिल्ममा सहभागी हरेक पात्रले अभिनय गर्ने प्रयाश गरेका छन् । केही नायिकाको अभिनय हेर्दा लाग्छ । उनीहरुलाई भविष्यमा काम पाउन खासै समस्या हुने देखिन्न । तर, संगीतको प्रभाव लगभग सून्य छ ।

फेशन, पेज थ्री, जस्ता चर्चित फिल्म बनाएका निर्देशक भएकाले पक्कै पनि मधुर भण्डारकरको फिल्मप्रति दर्शकले बढी अपेक्षा गरेका हुन्छन् । तर, क्यालेण्डर गल्र्स हेर्न जानेहरुले यो अपेक्षा नगर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment