Comments Add Comment

बलिउड नायिका हेजेललाई नेपाल राम्रो लाग्यो

pic-1

काठमाडौं । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाईरहेको बेला बलिउड नायिका हेजेल किचले नेपाल निकै सुन्दर रहेको बताईउदै फुर्सदमा थकाई मार्ने नेपाल आउने बताइन् । ‘अहिले त मेरो समय छैन फुर्सद निकालेर म फेरि नेपाल घुम्न आउाछु मलाई नेपाल निकै राम्रो लाग्यो ।’ उनले भनिन् ।

युहाना इन्टरनेशलन इभेन्ट्स प्रालिले आयोजना गरेको ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा मुख्य अतिथि भएर हेजेल काठमाडौं आएकी थिईन् । सोही अवसरमा उनले नेपाली मोडलको विचमा रहेर क्याटवाक गरिन् ।

शुक्रवार नेपाल आएकी हेजेलले शनिबारै बौद्ध लगायतका क्षेत्र भ्रमण गरेकी थिईन् । अन्य केही स्थान घुमेर आईतबार बेलुका मुम्बई र्फकने कार्यक्रम रहेको छ ।

pic-2

हलिउड मोडल एवं बलिउड अभिनेत्री हेजेलले शनिबार साँझ काठमाडौको कार्की बेङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली दर्शक सामु क्याटवाक गरेकी थिईन् ।

दर्शकको तालीले उत्साहित हेजेलले नेपाली दर्शकले दर्शाको माया कहिल्यै नभुल्ने प्रतिक्रिया दिईन् ।

हलिउड फिल्म हेरी पोर्टर, बलिउड फिल्म बर्डिगार्ड सहित अन्य एक दर्जन फिल्ममा नायिकाको रुपमा हेजेलले काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment