Comments Add Comment

अफगानिस्तानमा एक खेलका क्रममा विस्फोट, ९ को मृत्यु

Aakraman

११ असोज, काठमाडौं । अफगानिस्तानको पूर्वी पाक्टिका प्रान्तमा एक खेलका क्रममा भएको आक्रमणमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

आक्रमणमा दर्जनौैं मानिस घाइते भएका छन् । पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको उक्त आक्रमणमा परी बालबालिका पनि घाइते भएका छन् ।

भलिबल मैदानमा मोटरसाइकलमा विस्फोट भएको उक्त प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।

तर, उक्त समयमा कुन खेल भएको भन्ने खुलेको छैन । भलिबल, फुटबल वा क्रिकेट मध्ये एक खेल भइरहेको हुन सक्ने खबर आएको छ । विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन ।

गत नोभेम्बरमा भलिबल खेलका क्रममा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment