Comments Add Comment

गुगलले बनाउँदैछ बुढो नहुने औषधि, मधुमेह जाँच्ने कन्ट्याक्ट लेन्स

phpThumb_generated_thumbnailविश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले आइतबार सेप्टेम्बर २७ का दिन आफ्नो १७ औँ जन्मदिवस मनाएको छ । यद्यपि गुगलको स्थापना ४ सेप्टेम्बर, १९९८ मा भएको थियो तर कम्पनीले सन् २००५ देखि हरेक वर्ष आफ्नो स्थापना दिवस २७ सेप्टेम्बरमा मनाउने घोषणा गरेको हो अनि त्यस यता सेप्टेम्बर २७ मै गुगलले आफ्नो बर्थडे मनाउने गरेको छ ।

यो बीचमा गुगलले प्रविधिको जगतमा धेरै फड्को मारिसकेको छ । तर गुगललको ध्यान केवल सूचना प्रविधिमा मात्र छैन । पछिल्लो समयमा गुगलले एउटा यस्तो विषयमा काम गरिरहेको छ जसले भविष्यमा मानिसको कायाकल्प गरिदिनेवाला छ ।

गुगलले आफ्नो १७ औँ जन्मदिनको अवसरमा आफ्ना दुइवटा नयाँ तथा महत्वपूर्ण योजनाको बारेमा खुलासा गरेको छ । गुगलका भावी योजनामा अरबौँ डलरको स्वास्थ्य सेवाको क्षेत्र पनि मुख्य रुपमा सामेल छ । जस अनुसार गुगलले बुढेशकाल प्रतिरोधी अर्थात् एन्टीएजिङ औषधि तथा मधुमेहको उपचारका क्षेत्रमा शोध अनुसन्धान गरिरहेको बताइएको छ ।

गुगलले आफ्नो बायोटेक भेन्चर क्यालिकोका माध्यमबाट एन्टी एजिङ थेरापी अर्थात् मानिसलाई जवान राखिराख्ने औषधिको उत्पादन गर्ने विषयमा काम गरिरहेको छ । गुगलका संस्थापक ल्यारी पेजले हालै एक अवसरमा मानिसहरु कम्तिमा पनि १ सय वर्षसम्म बाँचून् भन्ने आफ्नो चाहना रहेको बताएका थिए । अहिले गुगलले पेजकै सोही चाहनालाई मूर्त रुप दिनका लागि ३ सय अर्ब डलरको एन्टी एजिङ मार्केटमा नजर लगाएको छ ।

क्यालिको गुगलद्धारा स्थापित स्वतन्त्र अनुसन्धान तथा विकाश सम्बन्धी बायोटिक कम्पनी हो । यो कम्पनीको स्थापना २०१३ मा भएको हो र यसको मुख्यालय अमेरिकाको सनप|mान्सिस्कोमा छ । यो कम्पनीको सिइओ अमेरिकी व्यवसायी आर्थर डी लेभिन्सन हुन् । यो कम्पनीले उद्धेश्य यस्तो औषधिको उत्पादन गर्नु हो जसले मानिसको उमेर बढ्नुबाट रोक्नु तथा विभिन्न रोगको रोकथाम गर्नु रहेको छ ।

यसका साथै गुगलले आँखामा लगाउने स्मार्ट कन्ट्याक्ट लेन्सको उत्पादन गर्ने योजना पनि बनाएको छ । उक्त कन्ट्याक्ट लेन्सले आँखाको ज्योति ठीक राख्ने मात्र नभै आँसुमा रहेको सुगर परीक्षण गरी मानिसलाई मधुमेह भए नभएको पत्ता लगाइदिन्ोछ । यदि आँसुमा सुगरको मात्रा बढि भएर मानिसलाई मधुमेहको खतरा देखिएमा कन्ट्याक्ट लेन्समा रहेको सेन्सरले स्मार्टफोनको सम्बन्धित एपमार्फत जानकारी प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment