Comments Add Comment

जियोनीले भित्रायो दुईवटा ब्याट्री भएको स्मार्टफोन

gionee

११ असोज, काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड जियोनीले दुईवटा ब्याट्री भएको ‘म्याराथन एम ५’ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ ।

यो जियोनीको एकमात्र डुअल ब्याट्री भएको मोडल हो । दुइवटा ब्याट्रीको कुल क्षमता ६०२० एमएएच रहेको छ । यो स्मार्टफोनले घरिघरि स्मार्टफोन चार्ज गरिरहनुपर्ने समस्यालाई निर्मुल पार्ने कम्पनीको विश्वास छ ।

यो स्मार्टफोनमा ११८५ घण्टासम्मको स्ट्यान्डबाइ समय र ५७.५ घण्टासम्मको फोन कल समय, १४ घण्टाको वेब ब्राउजिङ र भिडियो हेर्न सकिने कम्पनीको दाबी छ । एम ५ मा एक्स्ट्रीम पावर सेभिङ मोड पनि रहेको छ । यसअन्तर्गत ५५ ब्याट्रीमा प्रयोगकर्ताहरुले ३२ घण्टा स्ट्यान्डबाइ समय र ३ घण्टा फोन गर्न सक्छन् ।

स्मार्टफोनमा दुइवटा चार्जिङ चिप्स रहेको छ । जसले गर्दा फोन अति नै छिटो चार्ज हुनेछ । एम ५ आफैले एकै समयमा ओटिजी रिभर्स चार्जको माध्यमबाट दुइवटा स्मार्टफोन चार्ज गर्न सक्नेछ ।Gionee Marathon-M5 Final

डुअल सिम सुविधा भएको यो स्मार्टफोन पातलो मेटालिक युनिबडी डिजाइनमा उपलब्ध छ । यसमा ५.५ इञ्चको एचडी एमोलेड डिस्प्ले, पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सल क्यामेरा रहेको छ ।

१६ जिबी इन्टरनल मेमोरी भएको यो स्मार्टफोनमा आवश्यकता अनुसार माइक्रो एसडी कार्डमार्फत १२८ जिबी पुर्‍याउन सकिन्छ । यसमा २ जीबी र्‍याम, १.३ गीगाहर्ज क्वाडकोर प्रोसेसर, एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ रहेको छ ।

यसको मूल्य नेपाली बजारमा २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment